यूएईले अमेरिकासँग मिलेर इरानमाथि गरेको थियो हमला ! « Khabarhub

यूएईले अमेरिकासँग मिलेर इरानमाथि गरेको थियो हमला !


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

यूएई- संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमा गोप्य सैन्य हमला गरेको खुलासा भएको छ। यो दाबीसहितको समाचार चर्चित अनलाइन वाल स्ट्रीट जर्नलमा छापिएको छ।

वाल स्ट्रीट जर्नलको रिपोर्टअनुसार यही अप्रिलमा इरानको लावान द्वीपमा रहेको तेल रिफाइनरीलाई निशाना बनाइएको थियो, जसबाट त्यहाँ ठूलो आगो लागेको थियो । उक्त आक्रमणले उत्पादनसमेत लामो समय प्रभावित भयो।

उक्त हमला अप्रिलको सुरुमा भएको थियो, जुन बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युद्धविरामको घोषणा गर्दै थिए। इरानले त्यतिबेला रिफाइनरी शत्रुको हमलामा क्षतिग्रस्त भएको खुलाएको थियो। त्यसपछि तेहरानले यूएई र कुवेतमा मिसाइल र ड्रोन हमला गरेको थियो।

यूएईले यी हमलाहरूलाई सार्वजनिक रूपमा स्वीकार गरेको छैन। तर यूएई विदेश मन्त्रालयले देशलाई कुनै पनि शत्रुतापूर्ण कार्यको जवाफ दिने अधिकार रहेको जनाएको छ। जसमा सैन्य कारबाही पनि समावेश रहेको उसको भनाइ छ ।

अमेरिका इरानमाथि यूएईको यो हमलाबाट रिसाएको थिएन । त्यतिबेला युद्धविराम पूर्ण रूपमा लागू भएको थिएन।

अमेरिकाले चुपचाप यूएई र अन्य खाडी देशहरूको सहभागिताको स्वागत गरेको थियो। युद्धका क्रममा इरानले यूएई माथि २८०० भन्दा बढी मिसाइल र ड्रोन प्रहार गरेको थियो।

यी हमलाहरूको असर यूएई को हवाई यातायात, पर्यटन र सम्पत्ति बजारमा पर्‍यो। धेरै ठाउँमा कर्मचारीहरूको बिदा र छटनी पनि भयो।

यी घटनापछि यूएईले अब इरानलाई क्षेत्रीय स्थिरता र आफ्नो आर्थिक व्यवस्थाका लागि खतरा मान्न थालेको छ। यूएईले युद्धको समयमा अमेरिकासँग बलियो सैन्य सहयोग कायम राखेको थियो।

मार्चको मध्यदेखि यूएईको भूमिकालाई लिएर अनुमानहरू बढेका थिए, जब इरानमाथि अमेरिका वा इजराइलका नभएका लडाकु विमानहरू देखिएका थिए।
ओपन सोर्स अनुसन्धानकर्ताहरूले तस्बिरहरूमा फ्रान्सेली मिराज फाइटर जेट र चिनियाँ विङ्ग लुङ ड्रोन देखिएका थिए, जसको प्रयोग यूएईले गर्छ।

यूएईले संयुक्त राष्ट्रमा त्यो प्रस्तावको समर्थन गरेको थियो, जसमा आवश्यक परे होर्मुज स्ट्रेटमा इरानको नियन्त्रण तोड्न बल प्रयोग गर्ने अनुमति दिने कुरा थियो।
यूएईले दुबईमा इरानसँग जोडिएका स्कूल र क्लबहरू पनि बन्द गरेको थियो । उसले इरानी नागरिकहरूको भिसा तथा ट्रान्जिट अधिकार सीमित गरेको थियो।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १२ : ०६ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६