अर्को आक्रमणको तयारीमा ट्रम्प, भने- इरानी नेतृत्व बेइमान छ, बारम्बार कुरा बदल्छ « Khabarhub

अर्को आक्रमणको तयारीमा ट्रम्प, भने- इरानी नेतृत्व बेइमान छ, बारम्बार कुरा बदल्छ


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्वलाई बेइमान भनेका छन् । उनले तेहरानले वार्तामा बारम्बार आफ्नो कुरा बदल्ने गरेको आरोप पनि लगाएका छन्। उनले इरान जानाजान वार्ता र कागजात प्रक्रियालाई लम्ब्याउन लागेको बताए।

ट्रम्पले भने, ‘उनीहरू धेरै बेइमान मान्छे हुन्। नेतृत्व बारम्बार आफ्नो कुरा बदल्छ।’ उनले व्यवसायमा पनि उनले धेरै पटक पहिले सम्झौता हुन्छ, अनि अर्को पक्षबाट नयाँ सर्तहरू आउने गरेको सुनाए ।

ट्रम्पले २० मिनेटमा पठाउन सकिने कागजातलाई इरानले पाँच दिनसम्म लगाउने गरेको बताए । उनले यसलाई वार्ता लम्ब्याउने रणनीति भनेका छन्।

फेरि हमला गर्ने विचार

ट्रम्प इरानविरुद्ध फेरि ठूलो सैन्य अभियान सुरु गर्ने विषयमा गम्भीर विचार गरिरहेका छन्। सीएनएनको रिपोर्ट अनुसार ट्रम्प इरानको वार्ता रणनीति र होर्मुज स्ट्रेट लगातार बन्द रहनुबाट रिसाएका छन्।

ट्रम्पलाई इरानी नेतृत्वभित्र मतभेद रहेका लागेको छ । जसको कारण परमाणु वार्तामा कुनै ठोस प्रगति भएको छैन। रिपोर्ट अनुसार ट्रम्प प्रशासनभित्र आगामी रणनीतिका विषयमा फरक-फरक मत छन्।

पेन्टागनका केही अधिकारीहरूले इरानमाथि दबाब बढाउन थप आक्रामक कदम र टार्गेटेड स्ट्राइकको वकालत गरिरहेका छन्। उनीहरूले यसबाट तेहरानको अवस्थालाई अझ कमजोर बनाउने बताएका छन्।

प्रशासनभित्र अर्को समूहले अझै पनि वार्तालाई मौका दिनुपर्ने कुरा गरिरहेको छ। यी अधिकारीहरू कूटनीतिबाट सम्झौताको सम्भावना पूर्ण रूपमा समाप्त नभएको बताइरहेका छन् ।

रिपोर्ट अनुसार ट्रम्पका निकटवर्तीहरूले पाकिस्तानलाई इरानसँगको वार्तामा कडा सन्देश दिन चाहन्छन्। केही अमेरिकी अधिकारीहरूलाई पाकिस्तानले इरानको अवस्थालाई अमेरिकासामु बढी सकारात्मक रूपमा प्रस्तुत गरिरहेको शंका छ ।

ट्रम्पले सोमबार आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग फेरि बैठक गरेका थिए। तर मङ्गलबार चीन प्रस्थान गर्नुअघि ट्रम्पले कुनै ठूलो निर्णयको घोषणा शायद गर्ने छैनन्।

रिपोर्टमा पाकिस्तान र क्षेत्रका धेरै देशहरूले इरानलाई ट्रम्प निकै रिसाएको र यो कूटनीतिको अन्तिम मौका हुन सक्ने भनेर बुझाउन प्रयास गरिरहेका छन्। तर अहिलेसम्म इरानले यी चेतावनीहरूलाई गम्भीर रूपमा लिइरहेको देखिँदैन।

भने- इरानसँग युद्धविराम भेन्टिलेटरमा

ट्रम्पले इरानसँगको युद्धविराम अब भेन्टिलेटरमा पुगेको बताएका छन्। उनले अमेरिकाले अब पूर्ण विजय चाहेको बताए। ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्दा ट्रम्पले इरानको प्रस्तावलाई फोहोर भने।

उनले अमेरिका दबाबमा पर्ने वा थाक्ने कुरा इरानले सोचे पनि त्यस्तो नहुने बताए। रिपोर्टहरू अनुसार इरानले पाकिस्तानी मध्यस्थहरूमार्फत् अमेरिकालाई आफ्नो जवाफ पठाएको थियो।

उक्त प्रस्तावमा युद्ध समाप्त गर्ने, होर्मुज स्ट्रेटको सुरक्षा, परमाणु कार्यक्रम र प्रतिबन्ध हटाउने जस्ता मुद्दाहरू थिए। ट्रम्पले वाशिंगटनले इरानमाथि दबाब कायम राख्ने बताउँदै उसको सर्तमा सम्झौता नगर्ने अडान राखे।

अमेरिका र इरानबीच अप्रिलदेखि लागू युद्धविराम पहिले नै तनावमा थियो। अब ट्रम्पको ताजा भनाइपछि शान्ति वार्ता फेरि संकटमा पर्ने देखिएको छ। अमेरिका-इरान तनाव बढ्दा यसको असर वैश्विक तेल बजार र होर्मुज स्ट्रेटको सुरक्षामा पनि परिरहेको छ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १ : ०१ बजे

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी