कांग्रेसमा १९ केन्द्रीय सदस्य थप्ने गगनको निर्णयमा शेखरको आपत्ति, भने, ‘पार्टी एकतामा झन् ठेस पुग्यो’ « Khabarhub

कांग्रेसमा १९ केन्द्रीय सदस्य थप्ने गगनको निर्णयमा शेखरको आपत्ति, भने, ‘पार्टी एकतामा झन् ठेस पुग्यो’


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा सभापति गगन थापाले सोमबार गरेको विस्तारप्रति नेता डा. शेखर कोइरालाले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले सोमबार गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् ।

डा. कोइरालाले जारी गरेको वक्तव्यमा भनेका छन्, ‘हिजो वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ ।’

कोइरालाले पार्टीभित्रको एकतालाई जोड दिएका छन् ।

‘मेरो सामान्य सोच के छ भने, पार्टीको समग्र एकता नभई हामी राष्ट्रिय राजनीतिमा सक्रिय र सार्थक भूमिका खेल्न सक्दैनौं’, उनले भने, ‘विगतको निर्वाचन परिणामले हामीलाई ठूलो शिक्षा दिएको हुनुपर्छ । कांग्रेसको समग्र एकता नै राष्ट्रको आवश्यकता हो । यसमा पद र व्यक्तिको कुरा गौण हुन जान्छ ।’

उनले विभाजित कांग्रेसले विगतमा ठूलो क्षति बेहोरेको र आमनागरिकको भरोसा गुमाएको स्मरण गराए । ‘हामीले भर्खरै सम्पन्न आम निर्वाचनमा प्राप्त गरेको मत परिणामले हामीलाई झस्काएको मात्र होइन, नयाँ सोच, दृष्टिकोण र साझा भावबाट अगाडि बढ्नुपर्ने प्रेरणा पनि दिएको छ,’ उनले भने ।

स्थानीय र प्रदेश निर्वाचनलाई ध्यानमा राख्न आग्रह

आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई महत्वपूर्ण मान्दै डा. कोइरालाले नेतृत्वलाई चेतावनी दिएका छन् । ‘यसमा पनि हामी आमनागरिकको भरोसा जित्न असमर्थ भएमा राष्ट्रिय राजनीतिमा कांग्रेसको औचित्यमाथि प्रश्न उठ्ने खतरा छ’, उनले भने।

उनले कांग्रेससँग आबद्ध हजारौं युवा, संघर्षशील र त्यागी कार्यकर्ताको भविष्य सुनिश्चित गर्न भावनात्मक र राजनीतिक एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

पपुलिजम र गुटबन्दीको आलोचना

वर्तमान राजनीतिक परिस्थितिप्रति कोइरालाले चिन्ता व्यक्त गरेका छन् । ‘आज संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याई (पपुलिज्म) को नाममा हाम्रा आदर्श, मूल्य र सिद्धान्तमाथि आक्रमण भइरहँदा पनि हामी गुट उपगुटमा विभाजित हुनु उदेक लाग्दो छ’, उनले भने, ‘यसको अन्त्य जति छिटो हुन्छ, नेपालको लोकतान्त्रिक पद्धतिले आफ्नो मौलिक मूल्य त्यति छिटो फर्काउनेछ ।’

१५औं महाधिवेशन ‘एकता महाधिवेशन’

डा. शेखर कोइरालाले १४औं महाधिवेशनपछि नवीकरण भएका र नयाँ वितरण भएका क्रियाशील सदस्यताको आधारमा नै १५औं महाधिवेशन (एकता महाधिवेशनको रूपमा) सम्पन्न गर्नुपर्ने बताएका छन् । उनले यसलाई पार्टी एकताको मुख्य आधार बनाउनुपर्नेमा जोड दिए ।

उनले पार्टीको निर्णायक भूमिकामा रहेका नेताहरू सामूहिक भावना र साझा विचारबाट अगाडि बढ्नेमा आफूलाई विश्वास रहेको पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १ : ०९ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ