‘लालीबजार’ टिमलाई सर्वोच्चले बोलायो « Khabarhub

‘लालीबजार’ टिमलाई सर्वोच्चले बोलायो


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लालीबजार’ टिमलाई छलफलका लागि सर्वोच्च अदालतले बोलाएको छ ।

न्यायाधीशहरू कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासले विपक्षीहरूलाई छलफलका लागि बोलाउन मंगलबार आदेश दिएको हो ।

उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ प्रदर्शनमा अनुमति दिएपछि डा. रोशनी बादी सर्वोच्चको ढोका ढकढकक्याउन पुगेकी हुन् ।

उनले वैशाख २५ गते सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् । सर्वोच्चमा उनले उच्च अदालत पाटन , सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र जाँच समिति, लालीबजार चलचित्र निर्माण टोली षड्कोण आर्ट्स र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएकी थिइन् ।

बादी समुदायको चरित्रमा प्रश्न उठ्ने गरी फिल्म बनाइएको भन्दै उनले प्रदर्शन रोक्न दबाब बढाइरहेकी छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  २ : ०४ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई