‘लालीबजार’ टिमलाई सर्वोच्चले बोलायो « Khabarhub

‘लालीबजार’ टिमलाई सर्वोच्चले बोलायो


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लालीबजार’ टिमलाई छलफलका लागि सर्वोच्च अदालतले बोलाएको छ ।

न्यायाधीशहरू कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासले विपक्षीहरूलाई छलफलका लागि बोलाउन मंगलबार आदेश दिएको हो ।

उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ प्रदर्शनमा अनुमति दिएपछि डा. रोशनी बादी सर्वोच्चको ढोका ढकढकक्याउन पुगेकी हुन् ।

उनले वैशाख २५ गते सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् । सर्वोच्चमा उनले उच्च अदालत पाटन , सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र जाँच समिति, लालीबजार चलचित्र निर्माण टोली षड्कोण आर्ट्स र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएकी थिइन् ।

बादी समुदायको चरित्रमा प्रश्न उठ्ने गरी फिल्म बनाइएको भन्दै उनले प्रदर्शन रोक्न दबाब बढाइरहेकी छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  २ : ०४ बजे

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु