अहिलेको संसद् इन्द्रेणी : प्रचण्ड « Khabarhub

अहिलेको संसद् इन्द्रेणी : प्रचण्ड


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सांसदलाई इन्द्रेणी संसद् भनेका छन् ।

नयाँ प्रतिनिधि सभाको भवनमा चलिरहेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लाखौं योगदान र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै संसद भवन बनाइएको दाबी गरे ।

“यो इन्द्रेणी सांसद बनाउन हामीले लाखौं योगदान बलिदान र रगत पसिना बगाएका छौँ । मलाई गर्व लागेको छ। परिणामको हिसाबले सानो ठूलो जोसुकै जे भएपनि उपेक्षित उत्पीडित वर्गको इन्द्रधनुष बनेको सदनमा गौरवपूर्ण भइरहेको छ ।’ उनले भने, ‘अहिलेको सदनमा दलित प्रतिनिधि १७ जना हुनुहुन्छ । ४० सालमा ६ जना महिला हुनुहुन्थ्यो अहिले ९६ जना महिला हुनुहुन्छ । यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ । इतिहासको अध्ययन चिन्तन र मनन गर्न म प्रतिनिधिसभा सदस्यहरूलाई अनुरोध गर्छु । यो कथा क्रान्तिले लेखिएको छ पिठुले दुधे बालक र काँधमा बन्दुक बोकेका व्यक्तिहरुले लेखेका छन् ।”

प्रचण्डले आफू जनयुद्ध लडेको विषयमा प्रतिनिधिसभामा सम्झना गर्दै भाषण गरिरहेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  २ : ३९ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का