अहिलेको संसद् इन्द्रेणी : प्रचण्ड « Khabarhub

अहिलेको संसद् इन्द्रेणी : प्रचण्ड


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सांसदलाई इन्द्रेणी संसद् भनेका छन् ।

नयाँ प्रतिनिधि सभाको भवनमा चलिरहेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लाखौं योगदान र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै संसद भवन बनाइएको दाबी गरे ।

“यो इन्द्रेणी सांसद बनाउन हामीले लाखौं योगदान बलिदान र रगत पसिना बगाएका छौँ । मलाई गर्व लागेको छ। परिणामको हिसाबले सानो ठूलो जोसुकै जे भएपनि उपेक्षित उत्पीडित वर्गको इन्द्रधनुष बनेको सदनमा गौरवपूर्ण भइरहेको छ ।’ उनले भने, ‘अहिलेको सदनमा दलित प्रतिनिधि १७ जना हुनुहुन्छ । ४० सालमा ६ जना महिला हुनुहुन्थ्यो अहिले ९६ जना महिला हुनुहुन्छ । यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ । इतिहासको अध्ययन चिन्तन र मनन गर्न म प्रतिनिधिसभा सदस्यहरूलाई अनुरोध गर्छु । यो कथा क्रान्तिले लेखिएको छ पिठुले दुधे बालक र काँधमा बन्दुक बोकेका व्यक्तिहरुले लेखेका छन् ।”

प्रचण्डले आफू जनयुद्ध लडेको विषयमा प्रतिनिधिसभामा सम्झना गर्दै भाषण गरिरहेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  २ : ३९ बजे

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली