रास्वपा नेताको टिप्पणी : ‘ब्याज खाने राजनीति’ बाट जनता आजित थिए « Khabarhub

रास्वपा नेताको टिप्पणी : ‘ब्याज खाने राजनीति’ बाट जनता आजित थिए


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पुराना राजनीतिक दलहरूले विगतमा गरेका उपलब्धिबाट ‘ब्याज खाइरहेको’ भन्दै त्यसबाट जनता आजित भएको टिप्पणी गरेका छन् ।

रास्वपा संसदीय दलका उपनेता पराजुलीले पुराना दलहरूले प्रारम्भिक राजनीतिक परिवर्तनका क्रममा गरेको योगदानलाई सम्मान गर्दै पनि अहिलेको नेतृत्वले त्यसैको लाभ लिइरहेको अवस्था स्वीकार्य नहुने बताए ।

‘जनतामा अब यस्तो ब्याज खाने राजनीतिबाट मुक्ति खोज्ने भावना बढिरहेको छ’, उनले भने, ‘व्यवस्था परिवर्तनका लागि अगाडिका नेताहरूले गरेको त्यागलाई हामी सम्झिरहेका छौँ, तर, पुरानो पुस्ताले गरेको प्रगतिप्रति मात्रै निर्भर रहने अवस्थाबाट जनता अब बाहिर निस्कन चाहन्छन् ।’

उनले सुशासन र नयाँ राजनीतिक अभ्यासका आधारमा अघि बढ्ने रास्वपाको दाबी गर्दै त्यसको सुरुआत भइसकेको पनि उल्लेख गरे ।

यसअघि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुराना दलहरूको उपलब्धिकै कारण रास्वपा जस्ता नयाँ दलहरू उदाएको टिप्पणी गरेका थिए। त्यसको जवाफमा पराजुलीले यस्तो धारणा राखेका हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : २२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का