रास्वपा नेताको टिप्पणी : ‘ब्याज खाने राजनीति’ बाट जनता आजित थिए « Khabarhub

रास्वपा नेताको टिप्पणी : ‘ब्याज खाने राजनीति’ बाट जनता आजित थिए


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पुराना राजनीतिक दलहरूले विगतमा गरेका उपलब्धिबाट ‘ब्याज खाइरहेको’ भन्दै त्यसबाट जनता आजित भएको टिप्पणी गरेका छन् ।

रास्वपा संसदीय दलका उपनेता पराजुलीले पुराना दलहरूले प्रारम्भिक राजनीतिक परिवर्तनका क्रममा गरेको योगदानलाई सम्मान गर्दै पनि अहिलेको नेतृत्वले त्यसैको लाभ लिइरहेको अवस्था स्वीकार्य नहुने बताए ।

‘जनतामा अब यस्तो ब्याज खाने राजनीतिबाट मुक्ति खोज्ने भावना बढिरहेको छ’, उनले भने, ‘व्यवस्था परिवर्तनका लागि अगाडिका नेताहरूले गरेको त्यागलाई हामी सम्झिरहेका छौँ, तर, पुरानो पुस्ताले गरेको प्रगतिप्रति मात्रै निर्भर रहने अवस्थाबाट जनता अब बाहिर निस्कन चाहन्छन् ।’

उनले सुशासन र नयाँ राजनीतिक अभ्यासका आधारमा अघि बढ्ने रास्वपाको दाबी गर्दै त्यसको सुरुआत भइसकेको पनि उल्लेख गरे ।

यसअघि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुराना दलहरूको उपलब्धिकै कारण रास्वपा जस्ता नयाँ दलहरू उदाएको टिप्पणी गरेका थिए। त्यसको जवाफमा पराजुलीले यस्तो धारणा राखेका हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : २२ बजे

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम