जनतालाई न्याय दिन अध्यादेश ल्याएको हो : गणेश पराजुली « Khabarhub

जनतालाई न्याय दिन अध्यादेश ल्याएको हो : गणेश पराजुली


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले जनतालाई न्याय दिन अध्यादेश ल्याएको बताएका छन् । मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले उनले नवपुस्ताको नियतमाथि शङ्का नगर्न आग्रह गरे ।

“यो पुस्ताको नियतमाथि शङ्का नगर्नुहोस् । हामी राष्ट्र निर्माण गर्न आएका हौँ,” उनले भने, “पछिल्लो समय न्यायालयलाई दूषित बनाउन दलको कोटाबाट नियुक्ति हुने परम्परा थियो। त्यसलाई हामीले तोडेका हौँ। दलीयकरण अन्त्य गरेका छौँ ।”

“३५-४० वर्षदेखि जनतालाई पुराना दलले आँखामा छारो हालेर सुकुम्बासी बनाउन बाध्य बनाइरहनुभयो । लाज पनि लजाएको छ, लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो गरी प्रतिपक्षीबाट आवाज उठाउँदै गर्दा जनताले नियालेका छन् । सदन स्थगित गर्नुपर्यो होला, त्यहाँ राखेको नियत जनतालाई राहत दिने खालकै थियो । जनपक्षीय र राष्ट्रिय हितमा अध्यादेश ल्याएको छ । भूमिहीन सुकुम्बासीलाई न्याय दिन ल्याएको छ । सहकारी पीडितलाई पैसा फिर्ता दिन ल्याएको छ यहाँ अन्याय कहाँ भयो ? दल फुटाउन त अध्यादेश ल्याएको छैन नि ।”

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : २५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली