जनतालाई न्याय दिन अध्यादेश ल्याएको हो : गणेश पराजुली « Khabarhub

जनतालाई न्याय दिन अध्यादेश ल्याएको हो : गणेश पराजुली


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले जनतालाई न्याय दिन अध्यादेश ल्याएको बताएका छन् । मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले उनले नवपुस्ताको नियतमाथि शङ्का नगर्न आग्रह गरे ।

“यो पुस्ताको नियतमाथि शङ्का नगर्नुहोस् । हामी राष्ट्र निर्माण गर्न आएका हौँ,” उनले भने, “पछिल्लो समय न्यायालयलाई दूषित बनाउन दलको कोटाबाट नियुक्ति हुने परम्परा थियो। त्यसलाई हामीले तोडेका हौँ। दलीयकरण अन्त्य गरेका छौँ ।”

“३५-४० वर्षदेखि जनतालाई पुराना दलले आँखामा छारो हालेर सुकुम्बासी बनाउन बाध्य बनाइरहनुभयो । लाज पनि लजाएको छ, लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो गरी प्रतिपक्षीबाट आवाज उठाउँदै गर्दा जनताले नियालेका छन् । सदन स्थगित गर्नुपर्यो होला, त्यहाँ राखेको नियत जनतालाई राहत दिने खालकै थियो । जनपक्षीय र राष्ट्रिय हितमा अध्यादेश ल्याएको छ । भूमिहीन सुकुम्बासीलाई न्याय दिन ल्याएको छ । सहकारी पीडितलाई पैसा फिर्ता दिन ल्याएको छ यहाँ अन्याय कहाँ भयो ? दल फुटाउन त अध्यादेश ल्याएको छैन नि ।”

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : २५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)