नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट « Khabarhub

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४४ दशमलव ४० मा सीमित भएको छ । यो एक दशमलव ४१ प्रतिशतले गिरावट हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १५ अङ्कले ओरालो लागेर ४६९ दशमलव २६ मा सीमित भएको छ । कुल एक करोड छ लाख ७८ हजार ५५० कित्ता सेयर रु चार अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर कम्पनी, शिवम् सिमेन्ट र एवाइ प्यानल लिमिटेड शीर्षस्थानमा छ । नेप्सेका अनुसार, धौलागिरि लघुवित्त वित्तीय संस्था, एसबिएल डिबेन्चर, एनआइबिएल समृद्धि फन्ड दोस्रो, एनआइसी एसिया डिबेन्चर र नेपाल एसआइबी बैंक डिबेन्चरका लगानीकर्ताले कमाए ।

यस्तै, फस्ट माइक्रोफाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, झापा इनर्जी, आत्मनिर्भर लघुवित्त र होट फरेस्ट इनका लगानीकर्ताले भने गुमाएका छन् । कारोबार भएका कुल कम्पनीमध्ये १३ वटाको उकालो लाग्दा २५१ कम्पनीको ओरालो लागेको छ । यस्तै, पाँच कम्पनीको भने सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : ५१ बजे

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

मुस्ताङ– जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष,

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम