सर्वोच्चको अन्तरिम आदेशपछि सार्वजनिक खरिद नियमावली कार्यान्वयन नगर्न निर्देशन « Khabarhub

सर्वोच्चको अन्तरिम आदेशपछि सार्वजनिक खरिद नियमावली कार्यान्वयन नगर्न निर्देशन


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले सबै सार्वजनिक निकायहरूलाई सार्वजनिक खरिद नियमावली, २०६४ को एक प्रावधान तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले दायर रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तिम टुंगो नलागेसम्म नियमावलीको नियम २६(२ क) कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेपछि कार्यालयले सोही अनुसार निर्देशन जारी गरेको हो।

कार्यालयका अनुसार उक्त आदेश २०८३ साल वैशाख २३ गते जारी भएको थियो र मिति २०८३ साल वैशाख २६ गते कार्यालयमा प्राप्त भएको हो।

यसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्रसम्बन्धी कागजात तयार गर्दा सर्वोच्चको आदेशअनुसार प्रक्रिया अगाडि बढाउन सबै सार्वजनिक निकायहरूलाई आग्रह गरेको छ।

कार्यालयले सम्बन्धित निकायहरूलाई आदेश पालना गर्न र नियमावलीको उक्त प्रावधान कार्यान्वयन नगर्न स्पष्ट निर्देशन दिएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : ५१ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा