संसद्‍मा उभिएर हर्कले सोधे : यो देशमा प्रधानमन्त्री छ कि छैन ? « Khabarhub

संसद्‍मा उभिएर हर्कले सोधे : यो देशमा प्रधानमन्त्री छ कि छैन ?


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले वालेन्द्र शाह नेतृत्वको सरकारमाथि निशाना साँधेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा श्रम, संस्कृति र पार्टीका अध्यक्ष राईले शाह सरकारको कडा आलोचना गरेका छन्।

उनले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएको, सांसदहरूका प्रश्नको जवाफ नदिएको भन्दै सरकार अक्षम र अयोग्य भएको आरोप लगाए ।

सम्बोधनका क्रममा राईले भने,‘यो सरकारको प्रधानमन्त्री छ कि छैन ? छ भने प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ । यस्तो गर्नु भनेको अयोग्यता र असक्षमताको नमूना हो,’ उनले भने ।

जनता सरकारसँग डराएको आरोप

राईले सरकारले जनतालाई सुरक्षा दिन नसकेको र सीमा क्षेत्र जोगाउन असफल भएको आरोप लगाए । ‘जनता सरकारसँग डराइरहेका छन् । जनताको सुरक्षा नदिने, सीमाक्षेत्र जोगाउन नसक्ने सरकार कसरी सरकार हुन्छ ?’ उनले प्रश्न गरे ।

उनले भारतले सीमामा पर्खाल लगाइरहेको विषयमा सरकार मौन रहेको भन्दै आक्रोश व्यक्त गरे । ‘सीमामा भारतले पर्खाल लगाउँदा सरकार किन मुकदर्शक बनिरहेको छ ?’

मन्दिर, गुम्बा र विद्यालय भत्काउने कार्यको विरोध

राईले सरकारले धार्मिक स्थल र विद्यालय भत्काउने कार्यलाई लिएर पनि सरकारको आलोचना गरे । ‘बोल्न नसक्ने मन्दिर, गुम्बा, गिरिजाघर र विद्यालय भत्काउनुको कारण के हो ? सरकारले जताततै भत्काएको, तोडेको देख्दा जनता त्रसित छन्,’ उनले भने ।

निजी क्षेत्र आतंकित, अर्थतन्त्र ध्वस्त पार्न खोजियो

सरकारको कारण निजी क्षेत्र आतंकित रहेको राईले उल्लेख गरे । भने, ‘निजी क्षेत्र आतंकित छ । देशको अर्थतन्त्र सक्ने तयारीमा हो सरकार ?’

उनले ‘डोजर’ अभियानलाई लिएर पनि सरकारलाई प्रश्न गरे । ‘डोजर आए छाती थाप्ने बाचा गरेकाहरूलाई त्यो पूरा नगरेकामा मुद्दा लाग्छ कि लाग्दैन ?’, उनले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै भने, ‘विदेशी ऋण, डोजर आतंक र प्रहरीको लर्को लगाएर सरकारले कस्तो सन्देश दिन चाहेको हो ?’

राईले व्यंग्यात्मक रूपमा सबै घर भत्काएर देशलाई बालुवाको थुप्रो बनाउन लागिएको बताए । ‘सबै घर भत्काएर बालुवाको थुप्रोमा देश विकासको खाका कोर्न लागेको हो सरकारले ?’, उनले भने ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : ५३ बजे

पोखराका आयुर्वेद अस्पतालमा गैरकानुनी औषधि ! 

गण्डकी– पोखरामा सञ्चालित आयुर्वेद अस्पताल-क्लिनिकमा गैरकानुनी तथा गुणस्तरहीन औषधि निर्वाध

स्वास्थ्यमन्त्री मेहतासँग भारतीय राजदूतको भेट, स्वास्थ्य सहकार्य विस्तारबारे छलफल

काठमाडौं– स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहेतासँग नेपालका लागि भारतका राजदूत नवीन

ट्राफिक कारबाहीबाट २७ लाख ५७ हजार २ राजस्व संकलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न

दिलजीत दोसांझको कन्सर्ट विवाद के हो ?

काठमाडौं– पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसांझ हालै क्यानडाको क्यालगरीमा आयोजित

प्रतिनिधिसभा सचिव हर्कराज राई पदमुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेका