जनतालाई न्याय दिन अध्यादेश ल्याइएको हो : गणेश पराजुली « Khabarhub

जनतालाई न्याय दिन अध्यादेश ल्याइएको हो : गणेश पराजुली


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले ल्याएको अध्यादेश जनतालाई न्याय दिने उद्देश्यले आएको बताएका छन्।

सदनमा बोल्दै उनले नवपुस्ताको नियतमाथि शंका नगर्न आग्रह गरे। ‘यो पुस्ताको नियतमाथि शंका नगर्नुस्। हामी राष्ट्र निर्माण गर्न आएका हौं,’ उनले भने।

पराजुलीका अनुसार पछिल्लो समय न्यायालयलाई दलीय प्रभावबाट दूषित बनाउने परम्परा रहेको र त्यसलाई तोड्ने प्रयास गरिएको छ।

 ‘न्यायालयमा दलको कोटाबाट नियुक्ति हुने अभ्यास थियो, त्यसलाई हामीले तोडेका छौं। दलीयकरण अन्त्य गरेका छौं,’ उनले दाबी गरे।

उनले विगतका ३५ देखि ४० वर्षसम्म पुराना राजनीतिक दलहरूले जनतालाई झुक्याएको आरोप पनि लगाए। सुकुम्बासी समस्या र सहकारी पीडितको विषय उठाउँदै उनले सरकारको कदम जनपक्षीय रहेको बताए।

‘भूमि तथा सुकुम्बासीलाई न्याय दिन, सहकारी पीडितलाई पैसा फिर्ता दिलाउन अध्यादेश ल्याइएको हो। यहाँ अन्याय कहाँ भयो रु दल फुटाउन त अध्यादेश ल्याइएको होइन नि,’ उनले भने।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : ५३ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ