जनतालाई न्याय दिन अध्यादेश ल्याइएको हो : गणेश पराजुली « Khabarhub

जनतालाई न्याय दिन अध्यादेश ल्याइएको हो : गणेश पराजुली


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले ल्याएको अध्यादेश जनतालाई न्याय दिने उद्देश्यले आएको बताएका छन्।

सदनमा बोल्दै उनले नवपुस्ताको नियतमाथि शंका नगर्न आग्रह गरे। ‘यो पुस्ताको नियतमाथि शंका नगर्नुस्। हामी राष्ट्र निर्माण गर्न आएका हौं,’ उनले भने।

पराजुलीका अनुसार पछिल्लो समय न्यायालयलाई दलीय प्रभावबाट दूषित बनाउने परम्परा रहेको र त्यसलाई तोड्ने प्रयास गरिएको छ।

 ‘न्यायालयमा दलको कोटाबाट नियुक्ति हुने अभ्यास थियो, त्यसलाई हामीले तोडेका छौं। दलीयकरण अन्त्य गरेका छौं,’ उनले दाबी गरे।

उनले विगतका ३५ देखि ४० वर्षसम्म पुराना राजनीतिक दलहरूले जनतालाई झुक्याएको आरोप पनि लगाए। सुकुम्बासी समस्या र सहकारी पीडितको विषय उठाउँदै उनले सरकारको कदम जनपक्षीय रहेको बताए।

‘भूमि तथा सुकुम्बासीलाई न्याय दिन, सहकारी पीडितलाई पैसा फिर्ता दिलाउन अध्यादेश ल्याइएको हो। यहाँ अन्याय कहाँ भयो रु दल फुटाउन त अध्यादेश ल्याइएको होइन नि,’ उनले भने।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : ५३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली