मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन : ज्ञानेन्द्र शाही « Khabarhub

मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन : ज्ञानेन्द्र शाही


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकार र प्रधानमन्त्रीमाथि कडा प्रश्न तेर्स्याएका छन् । उनले राज्यको असंवेदनशीलताको पनि असफलता भएको बताउँदै राज्य र नागरिकको आत्मसम्मानपूर्वक बाँच्ने अधिकार खोसिएको बताए ।

‘हामी अङ्ग्रेजी बोल्न जान्दैनौँ, दुर्गम क्षेत्रबाट आएका हौँ । ग्रामीण सङ्घर्षबाट आएका हौँ । त्यो सङ्घर्षको एउटा हाँसो हुन्छ । राज्य जहिले पनि शक्तिशालीको पक्षमा उभिने होइन । प्रधानमन्त्रीलाई राम्रोसँग थाहा छ सुत्केरीको व्यथा के हो भनेर । बागमतीको किनारकी १० दिनकी सुत्केरीकी आमाको ओतभित्र प्रहरी पस्दा र घर भत्किँदा कस्तो भयो होला ?’ उनले भने ।

उनले आफू अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने पक्षमा नरहेको तर मानवीय संवेदनामा डोजर चलाउन नहुने बताए । ‘व्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने पक्षमा पटक्कै छैन । म सरकारका मन्त्रीहरूलाई भन्छु । तपाईँहरू बस्दै गरेको घर २४ घण्टामा खाली गर्न सक्नुहुन्छ ? मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन ।’

उनले मन्त्रिपरिषदका सदस्यसमेत हुकुमबासी भएको प्रमाण बाहिरिएको भन्दै त्यसको छानबिन किन नभएको भन्दै प्रश्न पनि गरे ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ४ : १३ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने