एसईईमा ननग्रेडेड विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन गरिने « Khabarhub

एसईईमा ननग्रेडेड विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन गरिने


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएका विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन गरिने बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पोखरेलले ननग्रेडेड विद्यार्थीलाई लक्षित गरी तयारी कक्षा वा विशेष कार्यक्रम ल्याउने विषयमा मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिएका हुन् ।

उनले शैक्षिक संस्थामा शैक्षिक वातावरण कायम गर्न शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउने प्रयास भइरहेको पनि स्पष्ट पारे।

तर, विद्यालयमा राजनीतिक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाउने उद्देश्य नभएको उल्लेख गर्दै उनले राजनीतिक गतिविधि गर्न चाहनेले शैक्षिक वातावरणलाई असर नगर्ने गरी बाहिरबाट गर्नुपर्ने धारणा राखे ।

मन्त्री पोखरेलले विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयलाई मर्ज गर्नु अन्तिम विकल्प भएको भन्दै, विद्यार्थी सङ्ख्या बढाएर विद्यमान विद्यालयलाई नै सुदृढ बनाउने नीति लिइएको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरूले सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको शिक्षाको निरन्तरताका लागि तत्काल विशेष व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ५ : ११ बजे

विमलेन्द्र भन्छन् : सल्लाहै नगरी गगनले मनोनित गरे, कांग्रेस मिल्ने सम्भावना छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीको केन्द्रीय कार्यसमिति सदस्य

कांग्रेसका लागि पुरानो, एमालेका नजरमा खारेजयोग्य र नेकपालाई ठिकै, राप्रपाले भन्यो, पुरानै ‘कपी पेस्ट’

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको

वर्षाले प्रभावित खेलमा स्कटल्यान्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल स्कटल्यान्डसँग दुई रनले

पश्चिम एसिया शान्तिका लागि चिनियाँ राष्ट्रपतिको चार बुँदे प्रस्तावमा इरानको समर्थन

बेइजिङ- इरानले मध्यपूर्व र खाडी क्षेत्रमा शान्ति तथा स्थायित्व कायम