रसुवामा डिपबोरिङ, पाँच सय घरपरिवार लाभान्वित « Khabarhub

रसुवामा डिपबोरिङ, पाँच सय घरपरिवार लाभान्वित


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवाको कटुन्जेमा भूमिगत पानीको व्यवस्था गरिएसँगै धैवुङ क्षेत्रका पाँच सय परिवार लाभान्वित भएका छन् ।

बागमती प्रदेश सरकारको रु २७ लाख सहयोगमा सम्पन्न डिपबोरिङ सञ्चालनमा आएपछि कालिका गाउँपालिका–३ स्थित धैबुङ क्षेत्रका कटुञ्जे, श्वारा, घिमिरे टोल, खतिवडा टोल, थाक्ले, सुएलडाँडा क्षेत्रका जनता लाभान्वित भएका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले जानकारी दिए ।

गाउँपालिकाका पूर्वउपाध्यक्ष भवानीप्रसाद न्यौपानेले पानीको व्यवस्थापनपछि सुख्खा तथा भिरालो जमिनमा बसोबास गर्दै आएका स्थानीय जनता हर्षित भएका बताए ।

डिपबोरिङ खन्ने क्रममा जमिनको सतहबाट ४८ मिटरमै पानी आए पनि १३५ मिटरको गहिराइमा पाइप पु¥याएर पानी तानिएको भूगर्भशास्त्री पुष्प भटृराइले जानकारी दिए।

भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख केदार श्रेष्ठले खानेपानीको व्यवस्थासहित करिब १० हेक्टर जमिनमा सिँचाइ गर्न सकिने गरी सञ्चालन गरिएको डिपबोरिङ रसुवा जिल्लाका लागि नमूना कार्यक्रम भएको बताए ।

यसैबीच सम्बद्ध प्राविधिकहरूले नियमित विद्युत् शुल्क भुक्तानीदेखि पानी तान्ने मोटरको मर्मतसम्भार, कुरुवाको प्रबन्धसहित दीगो व्यवस्थापनतर्फ ध्यान दिन स्थानीय उपभोक्तासँग अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ८ : १६ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक

देवानगञ्ज घटनामा सरकारलाई राप्रपाको दबाब : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौं– नापतौल यन्त्रको अनियमित तथा अवैध  प्रयोग गरेका गण्डकी प्रदेशका

‘मिलापत्र’को नाममा थप पीडा दिएको भन्दै सडकमा सहकारी पीडित

काठमाडौं– मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरूले

त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना समातिए

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न