अपूरा योजनामा बजेट माग्दै मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र « Khabarhub

अपूरा योजनामा बजेट माग्दै मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका विभिन्न अपूरा तथा अधुरा विकास आयोजनाका लागि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा आवश्यक रकम विनियोजन गर्न माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ ।

नगरप्रमुख कृष्णराज पण्डितले मुख्यमन्त्री पाण्डेलाई भेटेर नगरपालिकाका रणनीतिक महत्त्वका सडक तथा पुल निर्माणका कामलाई प्राथमिकतामा राखी वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्न आग्रह गरेका हुन् । उनले नगरवासीको प्रत्यक्ष सरोकारसँग जोडिएका पूर्वाधार निर्माणका काम समयमै सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती खेपिरहेको उल्लेख गर्दै प्रदेश सरकारको विशेष चासो आवश्यक रहेको बताए ।

ज्ञापनपत्रमा शुक्लागण्डकी नगरपालिका–१ स्थित लालध्वज मोटरमार्ग, वडा नम्बर १२ को लिलाचोक–लामागाउँ मोटरमार्ग, वडा नम्बर ६ को तीनखोलेदेवी मोटरमार्ग, वडा नम्बर ८ को डहरे–किमलडाँडा मोटरमार्ग र वडा नम्बर १२ अन्तर्गत प्युरीदोभानदेखि स्याङ्जाको पुतलीबजार जोड्ने दोभान पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ ।

नगरप्रमुख पण्डितका अनुसार यी योजनाहरू स्थानीय जनताको दैनिक आवतजावत, कृषि उत्पादन ढुवानी, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि अत्यन्त महत्वपूर्ण छन् । पर्याप्त बजेट अभावका कारण कतिपय योजना वर्षौंदेखि अधुरै रहेको र केही योजनाको काम सुस्त गतिमा अघि बढिरहेको उनले बताए ।

मुख्यमन्त्री पाण्डेले नगरपालिकाले उठाएका मागप्रति प्रदेश सरकार सकारात्मक रहेको बताउँदै आवश्यकता र प्राथमिकताका आधारमा आगामी बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेश सरकार विकास निर्माणका अधुरा योजनालाई सम्पन्न गर्ने नीतिअनुरूप अघि बढिरहेको उल्लेख गर्दै स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाइने बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ९ : ०५ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि