दाङमा करेन्ट लागेर बस चालकको मृत्यु « Khabarhub

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दाङ – करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई निवासी ४१ वर्षीय पूर्णबहादुर वली रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो बबई गाउँपालिका–७ पातिहाल्नास्थित भित्री सडकखण्डमा मलईबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ख २१९८ नम्बरको बसको टायर पन्चर भएको थियो । टायर फेर्ने क्रममा बसको छतमा चढेका चालक वलीलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ९ : १३ बजे

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको