सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल « Khabarhub

सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल


२९ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिभा बैठकमा सरकारमाथि उठेका प्रश्नको बचाउमा सभामुख स्वयं उत्रिनु उचित नभएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सभामुखलाई तटस्थ रहन आग्रह गर्दै ‘संसदीय खेलका खेलाडी सांसदहरू नै भएको’ स्मरण गराएका हुन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको आलोचना गर्दा सभामुखले त्यसको प्रतिवाद र सरकारको प्रतिरक्षा गर्ने क्रम बढेको भन्दै एमाले महासचिव पोखरेलले यस्तो आपत्ति प्रकट गरेका हुन् ।

महासचिव पोखरेलले सभामुख सरकारको प्रतिरक्षामा मात्र नभई विपक्षी सांसदहरूसँग प्रत्यक्ष बहसमा समेत उत्रिने गरेको भन्दै असन्तुष्टि जनाएका छन् । संसदीय मर्यादा अनुसार सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो हुन नसकेको उनको बुझाइ छ ।

सभामुखको भूमिकाप्रति लक्षित गर्दै पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, “सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन । संसदीय खेलका खेलाडी सांसदहरू नै हुन् ।”

संसद्‌मा केरकार र बहस गर्ने काम जनप्रतिनिधिहरूको भएको भन्दै उनले रेफ्रीको भूमिकामा रहनुपर्ने सभामुख आफैँ मैदानको खेलाडी जस्तो बन्न नहुने संकेत गरेका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ९ : ३७ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो