विश्वकप : चेक गणतन्त्रलाई हराउँदै दक्षिण कोरियाको विजयी सुरुवात « Khabarhub

विश्वकप : चेक गणतन्त्रलाई हराउँदै दक्षिण कोरियाको विजयी सुरुवात


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

मेक्सिको – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को रोमान्चक खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २-१ को पुनरागमन जित हात पारेको छ । मेक्सिकोको ग्वाडालाजारास्थित एक्रोन रङ्गशालामा शुक्रबार भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै दक्षिण कोरियाले महत्त्वपूर्ण ३ अङ्क जोडेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै रोमाञ्चक बनेको थियो । ४४ हजार ९ सय ८५ दर्शक उपस्थित खेलमा दुवै टोलीले आक्रामक रणनीति अपनाएका थिए ।

दोस्रो हाफको सुरुवातमै चेक गणतन्त्रले खेलमा अग्रता लिएको थियो । उसका लागि लाडिसलाभ क्रेइचीले उत्कृष्ट हेडिङमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, चेकियाको त्यो खुसी धेरै बेर टिक्न पाएन । दक्षिण कोरियाका स्टार खेलाडी ह्वाङ ही-चानले गोल गर्दै खेललाई १-१ को बराबरी स्थितिमा ल्याए । खेल बराबरीमा पुगेपछि दुवै टोलीले आक्रामक खेल पस्किएका थिए ।

Getty Images

खेलको अन्त्यतिर दक्षिण कोरियाका ओ ह्युन-ग्युले स्लाइड गर्दै उत्कृष्ट गोल गरेपछि कोरियाले खेलमा २-१ को अग्रता लियो । ओ को यही गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । खेलमा बाँकी समय चेकियाले बराबरी गर्ने प्रयास गरे पनि कोरियाली डिफेन्सले त्यसलाई असफल पारिदियो । यो जितसँगै समूह ‘ए’ मा दक्षिण कोरियाले सुखद सुरुआत गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  १० : ०१ बजे

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

गुल्मीमा ३८ जातका कफीको परीक्षण

गुल्मी– कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण

चिलिमेमा उद्धारको आशा जाग्यो, विद्युत् गृह पुग्न १०० मिटर मात्रै बाँकी

काठमाडौं- गत भदौ १० गतेको बाढीले क्षतिग्रस्त रसुवास्थित चिलिमे जलविद्युत्