विश्वकप : चेक गणतन्त्रलाई हराउँदै दक्षिण कोरियाको विजयी सुरुवात « Khabarhub

विश्वकप : चेक गणतन्त्रलाई हराउँदै दक्षिण कोरियाको विजयी सुरुवात


२९ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

मेक्सिको – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को रोमान्चक खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २-१ को पुनरागमन जित हात पारेको छ । मेक्सिकोको ग्वाडालाजारास्थित एक्रोन रङ्गशालामा शुक्रबार भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै दक्षिण कोरियाले महत्त्वपूर्ण ३ अङ्क जोडेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै रोमाञ्चक बनेको थियो । ४४ हजार ९ सय ८५ दर्शक उपस्थित खेलमा दुवै टोलीले आक्रामक रणनीति अपनाएका थिए ।

दोस्रो हाफको सुरुवातमै चेक गणतन्त्रले खेलमा अग्रता लिएको थियो । उसका लागि लाडिसलाभ क्रेइचीले उत्कृष्ट हेडिङमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, चेकियाको त्यो खुसी धेरै बेर टिक्न पाएन । दक्षिण कोरियाका स्टार खेलाडी ह्वाङ ही-चानले गोल गर्दै खेललाई १-१ को बराबरी स्थितिमा ल्याए । खेल बराबरीमा पुगेपछि दुवै टोलीले आक्रामक खेल पस्किएका थिए ।

Getty Images

खेलको अन्त्यतिर दक्षिण कोरियाका ओ ह्युन-ग्युले स्लाइड गर्दै उत्कृष्ट गोल गरेपछि कोरियाले खेलमा २-१ को अग्रता लियो । ओ को यही गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । खेलमा बाँकी समय चेकियाले बराबरी गर्ने प्रयास गरे पनि कोरियाली डिफेन्सले त्यसलाई असफल पारिदियो । यो जितसँगै समूह ‘ए’ मा दक्षिण कोरियाले सुखद सुरुआत गरेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  १० : ०१ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण