स्वर्णिमलाई घेर्दै वर्षमानले भने : मेरो पनि फाइल खोल्नू, करका दर हेरफेरबारे छानबिन हुनुपर्छ « Khabarhub

स्वर्णिमलाई घेर्दै वर्षमानले भने : मेरो पनि फाइल खोल्नू, करका दर हेरफेरबारे छानबिन हुनुपर्छ


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक र आर्थिक वर्ष २०८३/८४ को बजेट प्रक्रियामा गम्भीर प्रश्न उठाएका छन्।

उनले बजेट चुहावट नियन्त्रण, विधि र नैतिकताको पालना नभएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भूमिकाबारे छानबिन समिति गठन गर्न माग गरेका छन्।

बैठकमा बोल्दै सांसद पुनले भने, ‘आर्थिक विधेयक र बजेटमा ठिक छ, केही प्राविधिक सानातिना कुरा असंगत रहेछन् भने विगतमा पनि मिलाइएको छ, अहिले पनि मिलाउन सकिन्छ।’

तर बजेट टेबल भइसकेपछि कर्मचारीहरूले पेज घटाउने, करका दरहरू सच्याउने जस्ता काम स्वीकार्य नहुने उनको भनाइ छ।

उनले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा बजेट पढ्नुअघि नै विवरण चुहिएपछि छानबिन समिति बनेको उदाहरण दिँदै अहिले पनि यस्ता प्रक्रिया भइरहेको बताए।

‘अर्थमन्त्रालयले बजेट तयार गरेर कानुन मन्त्रालय हुँदै क्याबिनेटमा जान्छ, क्याबिनेटले पास गरेपछि मात्र संसद्मा आउँछ,’ उनले प्रक्रिया स्पष्ट पार्दै भने, ‘हाउसमा टेबल भइसकेको कुरा कर्मचारीले फेर्ने कुरा स्वीकार्य हुँदैन। अझ सातवटा करका दर सच्याउने कुरा झन् स्वीकार्य हुँदैन।’

सांसद पुनले अर्थमन्त्री वाग्ले र उनको टिमले पुराना दल र नेतालाई धम्क्याउने शैलीमा जवाफ दिएको आरोप पनि लगाए। ‘मेरो पनि फाइल खुलोस्, मेरैदेखि खुलोस्, छानबिन होस् भनिरहेको छु,’ उनले भने।

उनले विधि, पद्धति र नैतिकतालाई मुख्य विषय बनाउँदै गत वर्षको बजेटका लागि पनि छानबिन समिति बनाउन सकिने बताए। ‘अब यसरी हुँदैन, हामी यसरी मौन बस्न सकिँदैन,’ उनले जोड दिए।

नयाँ दल रास्वपाका सांसदहरूलाई लक्षित गर्दै पुनले भने, ‘नयाँ साथीहरू नयाँ भावनासहित आउनुभएको छ। तर हिजोकाले गरे, मैले पनि बदमासी गर्न पाउँछु भन्न पाइँदैन।’

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ११ : ३० बजे

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा