मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै « Khabarhub

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष मिडवाइफ (प्रसूति स्याहारकर्ता) को सङ्ख्या बढ्दै गएको छ । यद्यपि, यस क्षेत्रमा पुरुष मिडवाइफ अझै पनि निकै कम रहेका छन् ।

दक्षिणी अफ्रिकी मुलुक लेसोथोका न्ट्लहाने सेहलोहो करिब ३०० पुरुष मिडवाइफमध्ये एक हुन् । उनले विगत दुई दशकदेखि ग्रामीण क्षेत्रमा गर्भवती महिलालाई प्रसूतिपूर्व तथा प्रसूतिसम्बन्धी सेवा दिँदै आएका छन् ।

लेसोथोमा परम्परागत रूपमा मिडवाइफको काम महिलाको पेसाका रूपमा लिइन्थ्यो । तर ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव र उच्च मातृमृत्युदरका कारण सरकारले पुरुष नर्सलाई समेत मिडवाइफको तालिम दिन थालेको हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार लेसोथोमा प्रत्येक एक लाख जीवित जन्ममा करिब ५३० महिलाको मृत्यु हुने गरेको छ, जुन विश्वको औसत करिब २०० भन्दा निकै बढी हो । युनिसेफका अनुसार अहिले लेसोथोमा ९२ प्रतिशत प्रसूति सेवा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रदान हुँदै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभरका मिडवाइफमध्ये पुरुषको हिस्सा एक प्रतिशतभन्दा कम छ । डब्लुएचओ र युनिसेफले प्रसूति सेवामा जनशक्तिको अभाव पूरा गर्न महिला र पुरुष दुवैलाई यस क्षेत्रमा आउन प्रोत्साहित गर्दै आएका छन् ।

लेसोथोको स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवाका कार्यवाहक निर्देशक डा ल्याङ मामाका अनुसार पुरुष मिडवाइफप्रति केही महिलामा अझै हिचकिचाहट भए पनि समुदायले विस्तारै स्वीकार गर्दै गएको छ । महिलाले असहज महसुस गरेमा महिला स्वास्थ्यकर्मीबाट सेवा लिन सक्ने व्यवस्था गरिएको उनले बताए।

सेहलोहोले पनि पुरुष मिडवाइफका लागि महिलाको विश्वास जित्नु महत्त्वपूर्ण रहेको बताए । ग्रामीण परिवेशमा आफू पनि हुर्किएको र महिलाले भोग्ने कठिनाइ बुझेको बताउँदै उनले बिरामीलाई सहज महसुस गराउने प्रयास गर्दै आएको बताए । 

युनाइटेड नेसन्स पपुलेसन फन्ड (यूएनएफपीए) की प्रतिनिधि ब्लान्डिना मोटाउङले पुरुष मिडवाइफप्रति मिश्रित प्रतिक्रिया भए पनि कतिपय महिलाले उनीहरूको सावधानीपूर्ण र संवेदनशील व्यवहारको प्रशंसा गर्ने गरेको बताए ।

लेसोथोका केही महिला भने महिला स्वास्थ्यकर्मीबाट सेवा लिन सहज मान्छन् भने केहीले पुरुष मिडवाइफबाट उपचार गराउन कुनै समस्या नरहेको बताएका छन् । रासस

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  २ : ५४ बजे

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्

त्रिशूली-३ ‘बी’ मा सेनासहितको प्राविधिक टोली परिचालित

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा– रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष