फौजी कीराले मकै बाली नष्ट, भोजपुरवासी चिन्तामा « Khabarhub

फौजी कीराले मकै बाली नष्ट, भोजपुरवासी चिन्तामा


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

भोजपुर– फौजी कीराले मकैबालीमा क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तामा परेका छन् । 

विशेषगरी बेँसी क्षेत्रका बारीमा कीराको आक्रमण बढी देखिएको छ । फौजी कीराले पात, डाठ र गाभा नै खान थालेपछि बाली सखाप हुने अवस्थामा पुगेको पौवादुङमाका किसानहरू बताउँछन् ।

फौजी कीराले मकैको कोमल भागमा आक्रमण गर्ने गर्दछ । यसले सुरुमा पातमा स–साना प्वाल पार्दै खाने र मकैको गाभाभित्र पसेर भित्री भाग नै खाने गरेको पौवादुङमा–६ ठूलोदुम्माका किसान बलराम राईले बताए ।

‘पानी नपरेर मकै राम्रोसँग बढ्न सकेन’, उनले भने, ‘त्यसमाथि फौजी कीराले झन् नोक्सान गर्‍यो । वर्षात भएमा कीराको क्षति कम हुने थियो । खडेरीका कारण पनि बढी क्षति पुर्याएको अवस्था छ ।’

किसानहरूले समयमै नियन्त्रणका उपाय नअपनाइएमा अझ ठूलो क्षति हुनसक्ने भन्दै सम्बन्धित निकायसँग तत्काल सहयोगको माग गरेका छन् । 

प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाएर अनुगमन तथा परामर्श दिने काम भइरहेको पौवादुङमा गाउँपालिकाका कृषि शाखाका प्राविधिक वर्तेन्द्र राईले बताए । 

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ४ : २४ बजे

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो

काठमाडौं– भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय

तथानाम सोधेर बाढी पीडितलाई युट्युबरले वाक्क लगाएपछि…

काठमाडौं – कन्टेन्टको लोभले रसुवा बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीयलाई