बालेनका सल्लाहकार असिममाथि खनिए अमरेश, संविधान संशोधन प्रयासलाई भनिदिए, ‘अर्थहीन’ « Khabarhub

बालेनका सल्लाहकार असिममाथि खनिए अमरेश, संविधान संशोधन प्रयासलाई भनिदिए, ‘अर्थहीन’


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले वालेन्द्र शाह नेतृत्वको सरकारले थालेको संविधान संशोधनको तयारीलाई लिएर आक्रोश पोखेका छन्।

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक तथा प्रधानमन्त्री बालेनका राजनीतिक सल्लाहकार असिम साहको भूमिकामा उनलले रोष प्रकट गरेका छन्।

काठमाडौंमा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा उनले २०७२ असोज ३ गते जारी संविधान अहिले संशोधनयोग्य नभएको दाबी गरे । उनले यस संविधानमा कुनै किसिमको त्रुटि नरहेको टिप्पणी पनि गरे । अहिले असिमको संयोजकत्वमा भइरहेको संविधान संशोधनको बहस नै गलत बाटोमा अघि बढेको पनि उनले बताए।

‘यो संविधान संशोधन हुनेवाला छैन। बरू व्यवस्था नै संकटमा परिसकेको छ। व्यवस्था बचाउनका लागि पहिले लोकतन्त्र जोगाउन छलफल हुनु पर्छ,’ उनले आक्रोशसहित भने ।

अहिले चलिरहेको संविधान संशोधन प्रक्रियाप्रति आपत्ति जनाएका उनले अहिलेको दुईतिहाइ बहुमत र संघीय संरचनाको भूमिकाबारे पनि कडा प्रतिक्रिया दिए । संशोधनका लागि संवैधानिक प्रक्रिया कडा रहेको बताउँदै उनले अहिले चलिरहेको बहसकै अर्थ नरहेको पनि टिप्पणी गरे ।

सिंहले अहिलेको संविधानमा समस्या नभएको बताए । बरू कार्यान्वयनको जिम्मेवारी लिएको राजनीतिक नेतृत्वमै समस्या देखिएको पनि उनले बताए । वर्तमान वालेन नेतृत्वको सरकारका निर्णय प्रक्रिया र राजनीतिक अभ्यासमाथि पनि उनले प्रश्न उठाए ।

संविधान संशोधनको बहसका नाममा मुख्य राजनीतिक मुद्दाबाट जनताको ध्यान अन्तै मोड्ने प्रयास भइरहेको पनि बताएका छन् ।

’अहिलेको अवस्थामा संविधान संशोधन सम्भव छैन । वर्तमान व्यवस्था नै जोखिममा छ’, उनले भने, ‘लोकतन्त्र जोगाउन सबै पक्ष गम्भीर हुनुपर्ने जरूरी छ।’

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ४ : ३७ बजे

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा