युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी « Khabarhub

युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच जनता पार्टी (सिजेपी) ले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाफदेहिताका मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रव्यापी युवा विरोध अभियान सुरु गरेको छ । अभियानको सुरुआतस्वरूप बिहीबार पश्चिमी भारतीय सहर पुणेमा सयौँ विद्यार्थी र युवा समर्थकहरू भेला भएका थिए र यस कार्यक्रमले पछिल्ला दिनमा तीव्र गतिमा फैलिरहेको युवा आन्दोलनलाई थप ऊर्जा र गति प्रदान गरेको छ । गत साता नयाँ दिल्लीमा पहिलो ठूलो सडक प्रदर्शन गरेको सिजेपीले यस पटक सावित्रीबाई फुले पुणे विश्वविद्यालय परिसरमा र्‍याली आयोजना गरेको हो ।

प्रदर्शनकारीहरूले विभिन्न सार्वजनिक परीक्षामा देखिएका अनियमितता, बारम्बार हुने प्रश्नपत्र चुहावट तथा शिक्षा क्षेत्रमा देखिएको व्यवस्थापकीय कमजोरीको विरोध गर्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन् । राजनीतिक सञ्चार रणनीतिकार तथा बोस्टन विश्वविद्यालयका विद्यार्थी अभिजीत डिप्केले र्‍यालीलाई सम्बोधन गर्दै पुणेको कार्यक्रम केवल सुरुआत मात्र भएको बताए । उनले बिहीबारदेखि देशव्यापी अभियान औपचारिक रूपमा सुरु भएको घोषणा गर्दै आगामी दिनमा भारतका अन्य सहरहरूमा पनि विरोध कार्यक्रम विस्तार गरिने जानकारी दिए ।

उनले शिक्षामन्त्रीले राजीनामा नदिए समर्थकहरू यही महिनाको अन्त्यतिर पुनः नयाँदिल्लीमा ठूलो प्रदर्शनका लागि जुट्ने चेतावनीसमेत दिए । “सरकारले युवाहरूलाई बेवास्ता गर्न सक्दैन”, अमेरिकाबाट हालै भारत फर्किएर आन्दोलनको नेतृत्व गरिरहेका डिप्केले पत्रकारहरूसँग भने । यो आन्दोलनको सुरुआत गत मे महिनामा सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्तले केही बेरोजगार युवालाई ‘कक्रोच’ सँग तुलना गरेको टिप्पणीपछि भएको थियो । उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया निम्त्याएको थियो ।

तर आन्दोलनका समर्थकहरूले त्यस शब्दलाई अपमानको रूपमा नभई, कठिन परिस्थितिमा पनि बाँच्न सक्ने क्षमता र लचकताको प्रतीकका रूपमा ग्रहण गरे । त्यसपछि ‘कक्रोच’ आन्दोलनको पहिचान बनेको छ र समूहले इन्स्टाग्राममा मात्र दुई करोड २० लाखभन्दा बढी अनुयायी आकर्षित गर्न सफल भएको छ । सुरुमा एउटा टिप्पणीविरुद्धको प्रतिवादका रूपमा देखिएको आन्दोलन अहिले बेरोजगारी, बढ्दो जीवनयापन खर्च, शिक्षा प्रणालीका समस्या, भ्रष्टाचार तथा सरकारी जवाफदेहितासम्बन्धी व्यापक असन्तुष्टिको आवाजका रूपमा विकसित भएको छ ।

सिजेपीले व्यङ्ग्य, आत्म–आलोचनात्मक हास्य र राजनीतिक टिप्पणीलाई संयोजन गरेर युवामाझ आफ्नो प्रभाव विस्तार गरिरहेको छ । समर्थकहरू मजाककै शैलीमा आफूलाई बेरोजगार, लामो समय अनलाइन बस्ने र अवसरको खोजीमा रहेका युवा भनेर चिनाउँछन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियो, मीम र व्यङ्ग्यात्मक सामग्रीहरूले बेरोजगारी, भ्रष्टाचार तथा राजनीतिक निष्क्रियताको आलोचना गर्दै लाखौँ दर्शकको ध्यान तानेका छन् ।

यस्तै, सिजेपीसँग सम्बन्धित वा त्यसबाट प्रेरित धेरै प्यारोडी खाताहरूले पनि कक्रोचलाई व्यङ्ग्यात्मक राजनीतिक प्रतीकका रूपमा प्रयोग गरिरहेका छन् । पुणेबाट सुरु भएको पछिल्लो अभियानले भारतका युवाहरूबीच बढ्दो असन्तुष्टिलाई सङ्गठित राजनीतिक अभिव्यक्तिमा रूपान्तरण गर्ने प्रयास गरिरहेको विश्लेषण गरिएको छ । आन्दोलनले आगामी दिनमा देशका अन्य प्रमुख सहरहरूमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ७ : ४८ बजे

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी