विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता « Khabarhub

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि नर्वे र इङ्गल्यान्डबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ ।

अतिरिक्त समयमा इंग्ल्यान्डले २-१ को अग्रता लिएको छ ।

खेलको ३६ औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डको पासमा एन्ड्रियास सेल्डरअपले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्थोनी गोर्डनको पासलाई सदुपयोग गर्दै जुड बेलिङ्घमले गोल गरेपछि इङ्गल्यान्ड खेलमा फर्किएको थियो ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलिएको हो ।

अतिरिक्त समयको तेस्रो मिनेटमा सुन्दर गोल गर्दै इंग्ल्यान्डका जुड बेलिङ्घमले खेलमा अग्रता दिलाएका हुन् ।

अहिले अतिरिक्त समयको खेल भइरहेको छ । विजेता टिम विश्वकपको सेमिफाइनलमा पुग्नेछ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ४ : ५९ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि