विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता « Khabarhub

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि नर्वे र इङ्गल्यान्डबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ ।

अतिरिक्त समयमा इंग्ल्यान्डले २-१ को अग्रता लिएको छ ।

खेलको ३६ औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डको पासमा एन्ड्रियास सेल्डरअपले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्थोनी गोर्डनको पासलाई सदुपयोग गर्दै जुड बेलिङ्घमले गोल गरेपछि इङ्गल्यान्ड खेलमा फर्किएको थियो ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलिएको हो ।

अतिरिक्त समयको तेस्रो मिनेटमा सुन्दर गोल गर्दै इंग्ल्यान्डका जुड बेलिङ्घमले खेलमा अग्रता दिलाएका हुन् ।

अहिले अतिरिक्त समयको खेल भइरहेको छ । विजेता टिम विश्वकपको सेमिफाइनलमा पुग्नेछ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ४ : ५९ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता