विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै « Khabarhub

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड आमनेसामने हुँदैछन् ।

अमेरिकाको मिसौरीस्थित कान्सास सिटी स्टेडियममा हुने यो बहुप्रतीक्षित भिडन्त नेपाली समय अनुसार आइतबार बिहान ६:४५ बजे सुरु हुँदैछ ।

खेलअघि स्विट्जरल्यान्ड टोली चोटको समस्याबाट गुज्रिएको छ । उसका युवा स्टार मन्जाम्बी घुँडाको चोटका कारण र ज्याक्वेज मांसपेशीको समस्याका कारण टोलीबाहिर छन् भने एबिसर खेल्नेमा पनि शङ्का छ । उता अर्जेन्टिनी टोलीमा भने कुनै खेलाडी घाइते छैनन्, जसका कारण साविक विजेताले अघिल्लो खेलकै सेटलाई मैदान उतार्ने सम्भावना छ ।

अर्जेन्टिनाका लागि भने कप्तान मेसी नयाँ रेकर्ड कामय गर्ने सपनाका साथ मैदानमा हुनेछन्। विजेता टिमले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ५ : ४३ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि