विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै « Khabarhub

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड आमनेसामने हुँदैछन् ।

अमेरिकाको मिसौरीस्थित कान्सास सिटी स्टेडियममा हुने यो बहुप्रतीक्षित भिडन्त नेपाली समय अनुसार आइतबार बिहान ६:४५ बजे सुरु हुँदैछ ।

खेलअघि स्विट्जरल्यान्ड टोली चोटको समस्याबाट गुज्रिएको छ । उसका युवा स्टार मन्जाम्बी घुँडाको चोटका कारण र ज्याक्वेज मांसपेशीको समस्याका कारण टोलीबाहिर छन् भने एबिसर खेल्नेमा पनि शङ्का छ । उता अर्जेन्टिनी टोलीमा भने कुनै खेलाडी घाइते छैनन्, जसका कारण साविक विजेताले अघिल्लो खेलकै सेटलाई मैदान उतार्ने सम्भावना छ ।

अर्जेन्टिनाका लागि भने कप्तान मेसी नयाँ रेकर्ड कामय गर्ने सपनाका साथ मैदानमा हुनेछन्। विजेता टिमले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ५ : ४३ बजे

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि