बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो « Khabarhub

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको छ । रोमान्चक क्वार्टरफाइनल भिडन्तमा अतिरिक्त समयमा नर्वेलाई २–१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

मियामी स्टेडियममा भएको खेलको अतिरिक्त समयमा इङ्गल्यान्डले २–१ को सनसनीपूर्ण जित निकालेको हो ।

खेलको ३६ औँ मिनेटमा मार्टिन ओडेगार्डको उत्कृष्ट पासमा एन्ड्रियास सेल्डरअपले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समय (४५+२ औँ मिनेट) मा एन्थोनी गोर्डनको पासमा जुड बेलिङ्घमले गोल गर्दै इङ्गल्यान्डलाई १–१ को बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय सुरु हुनासाथ ९३ औँ मिनेटमा जुड बेलिङ्घमले ब्यक्तिगत दोस्रो गोल गर्दै इङ्गल्यान्डलाई २–१ को जित दिलाएका हुन् ।

यो हारसँगै नर्वे विश्वकपबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ५ : ३२ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक