विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा « Khabarhub

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको खेलमा १–१ गोलको बराबरीमा भएको छ ।

खेलको १० औँ मिनेटमै कप्तान लियोनेल मेसीको पासमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा भने लय गुमाउन पुग्यो ।

खेलको ६७ औँ मिनेटमा स्विट्जरल्यान्डका डान न्डोएले रिकार्डो रोड्रिगेजको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका हुन् ।

गोल फर्काएर खेलमा फर्किएको स्विट्जरल्यान्ड ७२ औँ मिनेटमा भने दबाबमा आयो । टोलीका मुख्य फरवार्ड ब्रिल एम्बोलोले दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदान छाडेपछि स्विट्जरल्यान्ड खेलको अन्तिम समयमा १० खेलाडीमा समेटिएको छ ।

१० खेलाडीमा समेटिएको स्विट्जरल्यान्डले अर्जेन्टिनाको बलियो आक्रमणलाई रोकिराखेको छ । सेमिफाइनल प्रवेशका लागि दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ८ : २९ बजे

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि