विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने « Khabarhub

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलका रोमाञ्चक खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो ।

यसपटक विश्वकपको फाइनल यात्राका लागि साविक विजेता अर्जेन्टिना, इङ्गल्यान्ड, फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुने भएको हो ।

सेमिफाइनलको पहिलो खेल मंगलबार फ्रान्स र स्पेनबीच हुँदैछ । डल्लास स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । उपाधि दाबेदार मानिएका यी दुई युरोपेली पावर हाउसबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

त्यस्तै, दोस्रो सेमिफाइनलमा बुधबार अर्जेन्टिना र इङ्गल्यान्ड आमनेसामने हुनेछन् । एटलान्टा स्टेडियममा हुने यो खेलमा अर्जेन्टिनाले फाइनल प्रवेशका लागि बलियो इङ्गल्यान्डको सामना गर्नेछ ।

सेमिफाइनलका विजेता टोली उपाधिका लागि आगामी आइतबार जुलाई १९ तारिखमा न्युयोर्क न्युजर्सी स्टेडियममा भिड्नेछन् ।

पहिलो सेमिफाइनल: फ्रान्स विरुद्ध स्पेन- मंगलबार (जुलाई १४)

दोस्रो सेमिफाइनल: अर्जेन्टिना विरुद्ध इङ्गल्यान्ड- बुधबार (जुलाई १५)

फाइनल : आइतबार (जुलाई १९)

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ९ : ५५ बजे

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि