विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने « Khabarhub

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलका रोमाञ्चक खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो ।

यसपटक विश्वकपको फाइनल यात्राका लागि साविक विजेता अर्जेन्टिना, इङ्गल्यान्ड, फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुने भएको हो ।

सेमिफाइनलको पहिलो खेल मंगलबार फ्रान्स र स्पेनबीच हुँदैछ । डल्लास स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । उपाधि दाबेदार मानिएका यी दुई युरोपेली पावर हाउसबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

त्यस्तै, दोस्रो सेमिफाइनलमा बुधबार अर्जेन्टिना र इङ्गल्यान्ड आमनेसामने हुनेछन् । एटलान्टा स्टेडियममा हुने यो खेलमा अर्जेन्टिनाले फाइनल प्रवेशका लागि बलियो इङ्गल्यान्डको सामना गर्नेछ ।

सेमिफाइनलका विजेता टोली उपाधिका लागि आगामी आइतबार जुलाई १९ तारिखमा न्युयोर्क न्युजर्सी स्टेडियममा भिड्नेछन् ।

पहिलो सेमिफाइनल: फ्रान्स विरुद्ध स्पेन- मंगलबार (जुलाई १४)

दोस्रो सेमिफाइनल: अर्जेन्टिना विरुद्ध इङ्गल्यान्ड- बुधबार (जुलाई १५)

फाइनल : आइतबार (जुलाई १९)

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ९ : ५५ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि