मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू) « Khabarhub

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल न्याय मार्च आज चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ । राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूको यात्रा काठमाडौँ नपुगी नरोकिने आयोजकहरूले बताएका छन् ।

न्यायको खोजीमा निस्किएका सयौँ सहभागीहरूले ‘चुपचाप तमसूक फाड’ र ‘अधिकार माग्न काठमाडौँ जान पर्दैन’ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेर मार्चमा सहभागी भएका छन्।

उनीहरू प्रत्येक दिन करिब २०–२६ किलोमिटर पैदल यात्रा गर्दै राजधानी तर्फ अगाडि बढिरहेका छन्। आयोजकहरूको भनाइअनुसार सरकारले चारपटक सहमति दिए पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले दबाबस्थापना गर्न फेरि काठमाडौँ गुन्जायमान बनाउनुपर्ने अवस्था आएको छ। उनीहरू करिब एक साताभित्र काठमाडौँ पुग्ने छन् ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  १० : २२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको