विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम « Khabarhub

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा पूर्णविराम लागेको छ । जारी विश्वकपको क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध गोल गर्न नसकेसँगै मेसीको लगातार ९ खेलको गोलको कीर्तिमान टुङ्गिएको हो ।

स्विट्जरल्यान्डविरुद्धको खेलमा अर्जेन्टिना २–१ ले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरे पनि मेसीले भने व्यक्तिगत गोल थप्न सकेनन् । खेलको १० औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गरेको गोलमा भने मेसीले नै पास (असिस्ट) मिलाएका थिए ।

मेसीले सन् २०२२ को कतार विश्वकपदेखि २०२६ को जारी विश्वकपसम्म लगातार ९ खेलमा गोल गर्दै विश्व फुटबलमा विरलै बन्ने कीर्तिमान आफ्नो नाममा लेखाएका थिए । कतार विश्वकपको नकआउट चरणदेखि सुरु भएको उनको यो लय जारी विश्वकपको प्रि-क्वार्टरफाइनलसम्म कायम थियो ।

मेसीको लगातार ९ खेलको कीर्तिमानी यात्रा:

२०२२को कतार विश्वकपमा मेसीले प्रि–क्वार्टरफाइनल अस्ट्रेलिया, क्वार्टरफाइनलमा नेदरल्यान्ड्स, सेमिफाइनलमा क्रोएसियाविरुद्ध र फाइनलमा फ्रान्सविरुद्ध गोल गरेका थिए ।

जारी विश्वकपमा भने समूह चरणामा अल्जेरिया, अस्ट्रिया, जोर्डनविरुद्ध गोल गरेका मेसीले राउन्ड अफ ३२मा केप भेर्डे प्रि–क्वार्टरफाइनलमा इजिप्टविरुद्ध गोल गरेका थिए । आइतबार भएको स्विट्जरल्यान्डविरुद्ध गोल गर्न नसकेपछि उनको यो यात्रामा पूर्णविराम लागेको हो ।

आजको खेलमा गोल नगरे पनि मेसीको यो अविश्वसनीय लयलाई फुटबल पण्डितले विश्वकप इतिहासकै सबैभन्दा उत्कृष्ट व्यक्तिगत प्रदर्शनमध्ये मानेका छन् । अर्जेन्टिना अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा इङ्गल्यान्डसँग भिड्ने छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ११ : ०५ बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई