विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम « Khabarhub

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा पूर्णविराम लागेको छ । जारी विश्वकपको क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध गोल गर्न नसकेसँगै मेसीको लगातार ९ खेलको गोलको कीर्तिमान टुङ्गिएको हो ।

स्विट्जरल्यान्डविरुद्धको खेलमा अर्जेन्टिना २–१ ले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरे पनि मेसीले भने व्यक्तिगत गोल थप्न सकेनन् । खेलको १० औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गरेको गोलमा भने मेसीले नै पास (असिस्ट) मिलाएका थिए ।

मेसीले सन् २०२२ को कतार विश्वकपदेखि २०२६ को जारी विश्वकपसम्म लगातार ९ खेलमा गोल गर्दै विश्व फुटबलमा विरलै बन्ने कीर्तिमान आफ्नो नाममा लेखाएका थिए । कतार विश्वकपको नकआउट चरणदेखि सुरु भएको उनको यो लय जारी विश्वकपको प्रि-क्वार्टरफाइनलसम्म कायम थियो ।

मेसीको लगातार ९ खेलको कीर्तिमानी यात्रा:

२०२२को कतार विश्वकपमा मेसीले प्रि–क्वार्टरफाइनल अस्ट्रेलिया, क्वार्टरफाइनलमा नेदरल्यान्ड्स, सेमिफाइनलमा क्रोएसियाविरुद्ध र फाइनलमा फ्रान्सविरुद्ध गोल गरेका थिए ।

जारी विश्वकपमा भने समूह चरणामा अल्जेरिया, अस्ट्रिया, जोर्डनविरुद्ध गोल गरेका मेसीले राउन्ड अफ ३२मा केप भेर्डे प्रि–क्वार्टरफाइनलमा इजिप्टविरुद्ध गोल गरेका थिए । आइतबार भएको स्विट्जरल्यान्डविरुद्ध गोल गर्न नसकेपछि उनको यो यात्रामा पूर्णविराम लागेको हो ।

आजको खेलमा गोल नगरे पनि मेसीको यो अविश्वसनीय लयलाई फुटबल पण्डितले विश्वकप इतिहासकै सबैभन्दा उत्कृष्ट व्यक्तिगत प्रदर्शनमध्ये मानेका छन् । अर्जेन्टिना अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा इङ्गल्यान्डसँग भिड्ने छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ११ : ०५ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि