प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन « Khabarhub

प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ । सिनेटमा दक्षिण क्यारोलाइना राज्यको प्रतिनिधित्व गर्ने ७१ वर्षीय ग्राहमको ‘अकस्मात् र संक्षिप्त बिरामी’ का कारण निधन भएको उनको कार्यालयले जनाएको छ ।

शनिबार राति उनलाई हृदयघात भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । हालसालै युक्रेन भ्रमण गरी फर्केका ग्राहमले आइतबार ‘मिट द प्रेस’ टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिने तय भएको थियो ।

कुनै समय राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर आलोचक रहेका ग्राहमले पछिल्लो समय उनीसँग निकटता बढाएका थिए । ट्रम्पसँगै उनले सन् २०१६ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदमा उम्मेदवारी घोषणा गरेका थिए ।

यद्यपि पार्टीभित्रैबाट आवश्यक समर्थन जुटाउन असफल भएपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए । ग्राहमको निधनपछि राष्ट्रपति ट्रम्पले उनलाई ‘आफूले चिन्ने सबैभन्दा महान् मानिस एवम् सिनेटरमध्ये एक’ को संज्ञा दिएका छन् ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  २ : २८ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ