नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू) « Khabarhub

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर न्युरोडलगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गरिरहेका देखिन्थे । 

दिउँसोको समयमा फुटपाथमा पसल राख्न महानगरले कडाइ गरेको थियो भने व्यापार गर्नका लागि निश्चित समयसमेत तोकिएको थियो ।

तर आत्मदाहको प्रयास गरेका र पछि निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि सडकमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा घटेको देखिएको छ ।

उक्त घटनापछि नगर प्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने चिन्ताका कारण केही समयका लागि नियमित सडक ड्युटीमा नखटिएको एक नगर प्रहरी कर्मचारीले बताए । नगर प्रहरी सडकमा कम देखिन थालेपछि काठमाडौंका न्युरोडसहित विभिन्न स्थानमा फुटपाथ पुनः व्यापारीले भरिन थालेको छ । 

अव्यवस्थित पार्किङसमेत बढेको देखिएको छ।फुटपाथमा व्यापार बढ्दा पैदलयात्री सडकमै हिँड्न बाध्य भएका छन् । यसले सवारी आवागमन प्रभावित हुनुका साथै ट्राफिक जामसमेत बढेको स्थानीयले बताएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ५ : ०८ बजे

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा