बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार « Khabarhub

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई नेपाली सेनाले आज हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ । 

हवाई उद्धार गरिएका पाँच जनामा तीन महिला र दुई पुरुष रहेका नेपाली सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

सेनाले दिएको जानकारीअनुसार स्वास्थ्य अवस्था थप जटिल रहेका दुई पुरुषलाई नेपाली सेनाले हवाई उद्धार गरेर सुर्खेत ल्याइ स्काइ ट्रकमार्फत काठमाडौँ ल्याइएको छ । साथै सोही क्रममा अर्की एकजना बिरामी बालिकालाई पनि सुर्खेत प्रादेशिक अस्पताल पुर्‍याइएको छ ।

बझाङ, केदारस्यूँ गाउँपालिका—७ सुगुरेमा शनिबार भएको जीप दुर्घटनामा परी तीन जनाको ज्यान गएको थियो भने सात घाइते भएका थिए ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ५ : ५२ बजे

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी