बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार « Khabarhub

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई नेपाली सेनाले आज हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ । 

हवाई उद्धार गरिएका पाँच जनामा तीन महिला र दुई पुरुष रहेका नेपाली सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

सेनाले दिएको जानकारीअनुसार स्वास्थ्य अवस्था थप जटिल रहेका दुई पुरुषलाई नेपाली सेनाले हवाई उद्धार गरेर सुर्खेत ल्याइ स्काइ ट्रकमार्फत काठमाडौँ ल्याइएको छ । साथै सोही क्रममा अर्की एकजना बिरामी बालिकालाई पनि सुर्खेत प्रादेशिक अस्पताल पुर्‍याइएको छ ।

बझाङ, केदारस्यूँ गाउँपालिका—७ सुगुरेमा शनिबार भएको जीप दुर्घटनामा परी तीन जनाको ज्यान गएको थियो भने सात घाइते भएका थिए ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ५ : ५२ बजे

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा