डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा « Khabarhub

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको फिल्म ‘गौँथली’ प्रदर्शन नजिक आएकाले उनी मिडिया हाइलाइटमा छन् ।

फिल्मका प्रचार सामाग्री र अन्तर्वार्ताले उनलाई चर्चामा ल्याएको हो ।

उनै सिम्रन आइतबार काठमाडौंको वसन्तपुर र ललितपुरको पाटक दरबार क्षेत्रमा फरक हुलियामा पुगेकी छन् ।

उनी डोकामा घाँस बोकेर मान्छेहरूको भिडभाड हुने ठाउँमा पुगेकी थिइन् । फिल्मको पात्र ‘गौँथली’को चरित्रमा उनी पुगेकी थिइन् । उनले चौबन्दी चोलो र धोती लगाएकी थिइन् ।

उनी फिल्म प्रचारका लागि फरक हुलियामा त्यस ठाउँमा पुगेकी हुन् । उनलाई यो हुलियामा देखेर केहीले तस्बिर खिचे । चिन्नेहरूले संवाद गरेर सेल्फी लिए ।

सम्भव भएसम्म दर्शकलाई प्रत्यक्ष भेटेर फिल्म हेर्न जान अनुरोध गर्न आफूहरूले यो प्रचारको शैली अपनाएको उनले बताइन् ।

यस फिल्मको नायक अरुण क्षेत्री हुन् । निर्देशक डा कपिल रिजाल हुन् ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ६ : ०८ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी