डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा « Khabarhub

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको फिल्म ‘गौँथली’ प्रदर्शन नजिक आएकाले उनी मिडिया हाइलाइटमा छन् ।

फिल्मका प्रचार सामाग्री र अन्तर्वार्ताले उनलाई चर्चामा ल्याएको हो ।

उनै सिम्रन आइतबार काठमाडौंको वसन्तपुर र ललितपुरको पाटक दरबार क्षेत्रमा फरक हुलियामा पुगेकी छन् ।

उनी डोकामा घाँस बोकेर मान्छेहरूको भिडभाड हुने ठाउँमा पुगेकी थिइन् । फिल्मको पात्र ‘गौँथली’को चरित्रमा उनी पुगेकी थिइन् । उनले चौबन्दी चोलो र धोती लगाएकी थिइन् ।

उनी फिल्म प्रचारका लागि फरक हुलियामा त्यस ठाउँमा पुगेकी हुन् । उनलाई यो हुलियामा देखेर केहीले तस्बिर खिचे । चिन्नेहरूले संवाद गरेर सेल्फी लिए ।

सम्भव भएसम्म दर्शकलाई प्रत्यक्ष भेटेर फिल्म हेर्न जान अनुरोध गर्न आफूहरूले यो प्रचारको शैली अपनाएको उनले बताइन् ।

यस फिल्मको नायक अरुण क्षेत्री हुन् । निर्देशक डा कपिल रिजाल हुन् ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ६ : ०८ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा