गणेशको आत्मदाह : सरकारले बाटो बिराउँदा अर्को भयावह संकटको डिलमा देश « Khabarhub

गणेशको आत्मदाह : सरकारले बाटो बिराउँदा अर्को भयावह संकटको डिलमा देश



काठमाडौं- मुगुको सोरू गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए ।

आत्मदाह प्रयासबाट गम्भीर घाइते भएका उनको भोलिपल्ट उपचारका क्रममा वीर अस्पतालमा उनको निधन भयो । उनको शव यतिबेला त्रिवि शिक्षण अस्पतालको शवगृहमा छ ।

शव गृहबाटै उनले आफ्नो न्याय र युवापक्तिका लागि सरकारसँग रोजगारीको हारगुहार गरिरहेका छन् । तर उनको गुहार सुन्न सरकार नआएकाले उनको शव तीन दिनदेखि उठ्न सकेको छैन ।

‘हामी १५ जनाजति छौँ । हामीलाई अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौं नजिकैको खाली घरमा राखिएको छ । यहाँ हामीसँग कुरा गर्न सरकारका कोही आएका छैनन्,’ खबरहबकर्मीसँगको कुराकानीका क्रममा गणेशका दाजु मदन नेपालीले मलिन स्वरमा सुनाए ।

अनजान व्यक्तिहरु आएर सरकारको मान्छे हौँ भनिरहेकोमा आफूलाई न्याय पाउनेमा विश्वास नलागेको उनले गुनासो पोखे ।

‘कार्ड पनि नलगाएका मान्छे आएर हामी सरकारको सचिवालयका मान्छे हौँ भन्छन्, हामीले कसरी पत्याउने ?,’ उनले प्रश्न गरे ।

राइड सेयरिङ गर्दै आएका उनको मोटरसाइकलको ह्वील काठमाडौँ महानगर प्रहरीले लक गरिदिएपछि विवाद निम्तिएको थियो । उक्त विवादको भिडियो फुटेजसमेत सामाजिक सञ्जालमा बाहिरिएको छ । जहाँ महानगर प्रहरीसँग ह्वील लक लगाएको विषयमा विवाद भएको देखिन्छ ।

जहाँ गणेशले आत्मदाहको प्रयास गर्दै गर्दा वरपरका कसैले उनलाई रोक्न प्रयास नगर्दा उनको ज्यान गएको दाजु मदनको आरोप छ ।

‘भाइले बाइकबाट पेट्रोल झिकेर जिउमा पेट्रोल छर्किउञ्जेल कसैले रोकेनन् । मेरो भाइले चुरोट पनि खाँदैनथ्यो, लाइटर कसरी आयो, सलाई कसरी आयो ?,’ उनले प्रश्न गरे । फुटेजहरू सार्वजनिक भएको सुने पनि आफूले नहेरेको उनले भने ।

आफूहरू परिवारमा दुई दाजुभाइ र दुई दिदिबहिनी रहेको बताउँदै गर्दा उनी एक्कासी अक्मकिए । त्यसपछि उनको फोन काटियो । तत्काल फेरि फोन गर्दा उनको नम्बर स्विच अफ् आयो । करिब तीन मिनेटपछि पुनः २ पटकसम्म फोन गर्दा लागे पनि उनले उठाएनन् ।

नेपाली परिवार लगायत मुगुबासीले न्याय माग्दै काठमाडौंसम्म आइपुगे पनि उनीहरू र सरकारबीच हालसम्म सहमति हुन नसकेको उनीसँगको छोटो कुराकानीले प्रष्ट जनाउँछ ।

काठमाडौंमै बस्दै आएका मदनलाई प्रजिअ कार्यालयनजिकको खाली भवनमा राखेर अन्य कसैसँग सम्पर्क गर्न नदिइएको समाचार बाहिरिएपछि खबरहबले सम्पर्क प्रयास गरेको हो । तर, फोन उठाएर खुलेर बोल्दै गरेका उनले एक्कासि फोन काट्दै मोबाइल किन बन्द गरे भन्ने विषयले प्रश्न उठाएको छ ।

२ वर्षदेखि राइड शेयरिङ्ग गर्दै आएका गणेशले केही महिनाअघिमात्रै श्रीमती र २ वर्षीय छोरीलाई राम्रो शिक्षा दिन काठमाडौं ल्याएका थिए । तर, उनले शरीरमा लगाएको आगोसँगै उनीहरूको आशासमेत बिलाएको छ ।

क्षतिपूर्तिबारे हालसम्म काठमााडौं महानगरपालिकाले उनकी दुई वर्षीया छोरीलाई निःशुल्क शिक्षा दिने घोषणा गरेको छ । यस्तै, कांग्रेस नेता मोहन बस्नेतले पनि गणेशकी आमालाई राहतस्वरुप एक लाख रुपैयाँ नगदसहित छोरीलाई उच्च शिक्षासम्मको सहयोग गर्ने आश्वासन दिएका छन् ।

यसरी आगो लगाएर, सार्वजनिक स्थलदेखि सरकारी निकायको अगाडि विष पिउनेसम्म गर्ने घटना नेपाली समाजका लागि यो पहिलो होइन । २०७९ माघ ११ गते बानेश्वरस्थित संघीय ससद् भवनभित्र सदन चलिरहँदा बाहिर गेटमा प्रेमप्रसाद आचार्यले आगो लगाएर आत्मदाह गरे ।

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले सरकारले कर बढाएपछि व्यवपार गर्न नसकेको लेख्दै शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।

आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो । उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो । आत्मदाहअघि आचार्यले सबै उपाय लगाउँदा पनि केही उपाय लागेन भन्दै लामो स्टाटस लेखेका थिए ।

आचार्यले जस्तै नेपालीले पनि आत्मदाह गर्नुअघि त्यसैगरी सरकारले गरिखान नदिएको भन्दै लेखेको म्यासेज यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

यी घटनालाई कतिले मानसिक स्वास्थ्यसँग पनि जोडेर हेरेका छन् । तर, उनीहरुको मनोविज्ञान भन्दा सामाजिक परिवेशले यस्ता घटना निम्त्याइरहेको सुशासनका जानकार तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक दिपेश घिमिरेले बताए ।

‘मान्छेले आशा भन्दा बढी निराशा अनुभूति गर्न थालेपछि यो अवस्था बन्छ । यसलाई फगत मानसिक अवस्थासँग मात्रै जोड्न मिल्दैन,’ उनले थपे, आफैँलाई चलाउने मानसिकता अहिलेको हाम्रो समाज, राजनीति, अर्थतन्त्र र समग्र जीविकोपार्जनका पद्धतीमा हुँदै गएको क्षयीकरणको परिणाम गणेश नेपाली जस्ता व्यक्तिहरूको आत्मदाह हो ।’

सरकारले नागरिकको अर्थोपार्जनको अवस्था र कर कार्यान्वयनमा तालमेल गराउन नसक्दा नागरिकमा निराशा निम्तिएको उनले बताए ।

‘देशको अवस्था सबैभन्दा गरिब विपन्न सबैभन्दा तल्लो स्तरको छ । हाम्रो देशमा लगाइरहेका कर, सेवा शुल्क, जरिवानाको दर भने विकसित देशको जस्तो छ । यसले नागरिकमा थप नैराश्यता बढाएको छ,’ उनले थपे ।

कर, जरिवाना र सेवा शुल्कमा तालमेल नहुँदा नागरिकमा त्यस्तो राज्यमा आफूले गरिखान सक्दिन्न भन्ने मानसिकता बनाउने गरेको उनको तर्क छ । गणेशको अवस्था पनि त्यसैगरी सिर्जित मानसिकताको नतिजा रहेको उनले बताए ।

वर्तमान सरकारका निर्णयले नागरिकमा पारेको प्रभाव र सन्देशबारे बोल्दै उनी भन्छन्, ‘सरकारले सामाजिक न्यायलाई मूल मन्त्र बनाएर बजेटमा विपन्न र गरिखाने वर्गका लागि राहतको प्याकेजसहित आशा ल्याउनुपर्थ्यो, तर त्यसो भएन । त्यसैले यस्तो समस्या दोहोरियो ।’

सरकारले आगामी दिनामा जनतामा आशा कसरी जगाउन सक्ला भन्ने प्रश्नमा उनले बहुमतप्राप्त सरकार र संवेदनशील विपक्षी भएको अवस्थामा सरकारले तत्काल संवादमार्फत् समाधानको थालनी गर्नुपर्ने उनले सुझाए ।

‘संवाद र सहकार्यबाटै बहुमतप्राप्त सरकारले नयाँ थालनी गर्नुपर्छ । एउटा कोठाभित्र बसेर समग्र शक्तिको अभ्यास तथा दुरुपयोग गरिरहने र नागरिकको पीडालाई बेवास्ता गरिरहे भयावह अवस्था ल्याउनसक्छ । सरकारले तत्काल समाधानमा उपाय खोज्ने काम गर्नुपर्छ,’ उनले सुझावसहित भने ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ६ : ३९ बजे

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार

इतर पक्षलाई गगनको जवाफ,‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई दबाब,

सर्वोच्चको पुनरावलोकन आदेशबारे गगन भन्छन्, ‘शानका साथ अदालत जान्छौँ, आफ्ना कुरा राख्छौँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी