अन्नपूर्णको किम्रुङखोलामा बाढी « Khabarhub

अन्नपूर्णको किम्रुङखोलामा बाढी


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गण्डकी- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आउँदा खोला किनारका बस्तीमा जोखिम बढेको छ । 

किम्रुङ भन्ने ठाउँमा पहिरो खस्दा खोला थुनिएर तल्लो तटीय क्षेत्रमा बाढी आएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार वडा नं ८ स्याउली बजारमा रहेका केही भौतिक संरचनामा क्षति पुगेको छ । ‘मानवीय क्षति भने भएको छैन, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न सूचीत गरेका छौँ’, उनले भने । 

खोलामा बाढी आएपछि स्थानीयवासी त्रसित बनेका छन् । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बाढीको घटनाबारे विवरण लिने काम भइरहेको बताए  । स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ६ : ४३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल