अमेरिकाको टेक्सासमा बारभित्र गुण्डागर्दी, नेपाली मूलका चार युवाविरुद्ध गम्भीर आक्रमणको मुद्दा « Khabarhub

अमेरिकाको टेक्सासमा बारभित्र गुण्डागर्दी, नेपाली मूलका चार युवाविरुद्ध गम्भीर आक्रमणको मुद्दा


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं/टेक्सास- अमेरिकाको टेक्सास राज्यस्थित इर्भिङ सहरमा रहेको एक रेस्टुरेन्ट तथा बारमा भएको सामूहिक कुटपिट घटनामा नेपाली मूलका चार जनाविरुद्ध गम्भीर शारीरिक आक्रमणको अभियोग दर्ता गरिएको छ।

इर्भिङ प्रहरीका अनुसार जुलाई २ को मध्यरातपछि वेस्ट एयरपोर्ट फ्रिवेको ३४०० ब्लकमा रहेको ‘पिक रेस्टुरेन्ट एन्ड बार’मा १५ देखि २० जना संलग्न ठूलो झडप भएको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो।

झडपका क्रममा बारभित्र बियरका बोतलसमेत प्रहार गरिएको प्रहरीले जनाएको छ। घटनास्थलको सीसीटीभी फुटेजको अध्ययनपछि प्रहरीले चार जनाले एक व्यक्तिमाथि सामूहिक रूपमा आक्रमण गरेको पुष्टि गरेको जनाएको छ।

त्यसपछि प्रहरी टोलीले चारै जना अभियुक्त र घाइतेलाई इर्भिङस्थित बेलर स्कट एन्ड ह्वाइट मेडिकल सेन्टरमा फेला पारेको थियो।

प्रहरीका अनुसार ३१ वर्षीय सुरज बस्नेतले पीडितको टाउकोमा पटक–पटक मुक्का र लात प्रहार गरेको भिडियोमा देखिएको छ। अन्य अभियुक्तहरूले पनि मुक्का, लात, कुर्सी र सिसाका बोतल प्रयोग गरेर आक्रमण गरेको आरोप लगाइएको छ।

घटनामा पीडितको टाउकोमा गहिरो चोट लागेर टाँका लगाउनुपरेको, ओठ फुटेको, घाँटीमा चोट लागेको तथा मस्तिष्कमा चोट (कन्कसन) लागेको आशंका गरिएको प्रहरीले जनाएको छ। कन्कसन सम्बन्धी चिकित्सकीय परीक्षणको अन्तिम नतिजा भने आउन बाँकी रहेको छ।

यस घटनामा सुरज बस्नेत, २९ वर्षीय धीरज बस्नेत, २२ वर्षीय अमित खत्री (नेपाल) र २२ वर्षीय शोइब खड्काविरुद्ध गम्भीर शारीरिक चोट पुर्‍याएको अभियोगमा दोस्रो श्रेणीको फौजदारी मुद्दा दर्ता गरिएको छ।

यसैबीच, अमित खत्री (नेपाल)विरुद्ध चोरी भएको क्रेडिट कार्ड प्रयोग वा आफ्नो कब्जामा राखेको आरोपमा तेस्रो श्रेणीको अर्को फौजदारी मुद्दासमेत दर्ता गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ७ : ११ बजे

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७