एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप « Khabarhub

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

रेफ्रीको विवादास्पद निर्देशन


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दै पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले लगातार दोस्रो पटक युइएफए सुपर कपको उपाधि जितेको छ। युरोपेली फुटबल सिजनको औपचारिक सुरुआत मानिने यस वार्षिक भिडन्तमा पिएसजीले पुन: आफ्नो वर्चस्व कायम गरेको हो।

बुधबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलको ६१औँ मिनेटमा उसमान डेम्बेलेको पासमा दुएले गोल गरेका थिए। सुरुमा अफसाइड घोषित गरिएको उक्त गोललाई भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षापछि मान्यता दिइएको थियो।

यसअघि खेलको २०औँ मिनेटमा ख्विचा क्वा्रत्स्खेलियाको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि पिएसजीले सुरुवाती अग्रता लिएको थियो। तर, भिल्लाका लागि १७ वर्षीय स्ट्राइकर ब्रायन माड्जोले उत्कृष्ट भली गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

यो जितसँगै पिएसजी यो सिजन सम्भावित छ वटा उपाधिमध्ये पहिलो उपाधि चुम्न सफल भएको छ। साथै, रियल म्याड्रिडपछि लगातार दुई पटक सुपर कप जित्ने पिएसजी पहिलो टोली बनेको छ।

विवादास्पद रेफ्री

अस्ट्रियाको साल्जबर्गमा भएको उक्त खेलको मुख्य रेफ्री सोमाली नागरिक ओमार अर्टान थिए। सुरक्षा जाँचका क्रममा “आतङ्ककारी” सङ्गठनसँग सम्बन्ध रहेको दाबी गर्दै अमेरिकाले फिफा विश्वकप सुरु हुनु केही दिनअघि अर्टानलाई प्रतिबन्ध लगाएको थियो। यद्यपि अमेरिकाले यसको कुनै प्रमाण भने सार्वजनिक गरेको थिएन।

फिफासँगको बढ्दो विवादका बिच अफ्रिकाका उत्कृष्ट रेफ्री चुनिएका अर्टानलाई युइएफएले यो महत्त्वपूर्ण खेलको जिम्मेवारी दिएको हो। अर्टान युइएफए सुपर कप सञ्चालन गर्ने पहिलो गैर-युरोपेली रेफ्री समेत बनेका छन्। खेल अवधिभर उनले एस्टन भिल्लाका तीन खेलाडीलाई पहेँलो कार्ड देखाएका थिए।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ६ : ५८ बजे

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका