सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण « Khabarhub

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४ हजार ५०० थान सिलिन्डर वितरण गरिएको छ । यही साउन १ देखि २७ गतेसम्म सुर्खेतका विभिन्न ग्यास डिलर तथा कम्पनीबाट १४ दशमलव दुई केजीका ग्यास सिलिन्डर बिक्री तथा वितरण गरिएको हो ।

नेपाल आयल निगम लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख दीपक घिमिरेका अनुसार भेरी ग्यासका मात्र २७ हजार ६२६ सिलिन्डर वितरण भएका छन् ।

त्यस्तै, नेपाल ग्यास कर्णालीका पाँच हजार ७८, सैपालका चार हजार ४६५, राप्तीका दुई हजार ८००, रेडियन्सका दुई हजार ७३० र मनकामना ग्यास कम्पनीका एक हजार ८०२ सिलिन्डर बिक्री तथा वितरण भएको उनले जानकारी दिए ।

प्रमुख घिमिरेका अनुसार साउन मसान्तसम्म सुर्खेतमा थप पाँच हजार ग्यास सिलिन्डर आवश्यक पर्ने देखिएको छ । ‘यो महिनामा करिब ५० हजार ग्यास सिलिन्डर वितरण हुने देखिएको छ । यो अहिलेसम्मकै उच्च खपत हो,’ उनले भने ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सर्वपक्षीय बैठकले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी, दीर्घरोगी तथा समस्यामा परेका व्यक्तिका लागि प्रत्येक डिलरबाट १० प्रतिशत ग्यास सिलिन्डर छुट्याएर उपलब्ध गराउने व्यवस्था गरेको निगम कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १० : ३७ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभामा विश्वासको मत

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४