शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’ « Khabarhub

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा नै आफूहरूको सभापति रहेको बताएका छन्। उनले देउवा स्वदेश फर्किएसँगै पार्टीभित्र देखिएको विवाद समाधान हुने र कांग्रेस एकताबद्ध हुने दाबी गरेका छन्।

करिब पाँच महिनापछि नेपाल फर्किन लागेका देउवालाई स्वागत गर्न बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारे।

इतर पक्षको राष्ट्रिय भेला आयोजक समितिका संयोजकसमेत रहेका कोइरालाले आफूहरूको प्रयास पार्टीलाई एकताबद्ध बनाउनेतर्फ केन्द्रित रहेको बताए।

‘हाम्रो सभापति शेरबहादुर दाइ नै हो। हाम्रो प्रयास पनि पार्टी एकताकै लागि हो। हामी विभाजनको पक्षमा छैनौँ। शेरबहादुर दाइ आएपछि सबै कुरा मिल्छ,’ कोइरालाले भने। 

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि देउवा उपचारका लागि विदेश गएका थिए। लामो समयपछि स्वदेश फर्किन लागेका देउवाको आगमनसँगै नेपाली कांग्रेसभित्रको नेतृत्व विवाद थप चर्चामा आएको छ।

देउवाकै नेतृत्वमा पार्टी निर्वाचनमा जान नसक्ने भन्दै गगन थापा पक्षले पुसको अन्तिम साता विशेष महाधिवेशन आयोजना गरी नयाँ कार्यसमिति चयन गरिसकेको छ। उक्त विशेष महाधिवेशनबाट थापा सभापति बनेका छन्।

यद्यपि, देउवा पक्षका नेताहरूले गगन थापालाई पार्टी सभापतिको रूपमा स्वीकार गरेका छैनन्।  

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १२ : ३० बजे

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०