प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव « Khabarhub

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव फेला परेको छ । 

स्वर्गद्वारी नगरपालिका–९, ३, ४ र ५ तथा माण्डवी गाउँपालिका–५ का खोला किनारमा शव भेटिएका हुन्।

फेला परेका शवमध्ये दुईजना पुरुष, दुई जना महिला र एक जना करिब १३ वर्षीय बालकको रहेको प्रहरीले जनाएको छ । 

मृतक पाँचै जनाको सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार रोल्पाको थवाङमा गएको पहिरोपछि आएको बाढीले बगाएर ल्याएका हुन सक्ने आशंका गरिएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १ : ५१ बजे

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या