‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक कार्य सञ्चालनमा कुनै समस्या छैन’   « Khabarhub

‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक कार्य सञ्चालनमा कुनै समस्या छैन’  


२८ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको वित्तीय अवस्था सुरक्षित र सबल रहेको स्पष्ट पारेको छ। 

बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको सन्दर्भमा राष्ट्र बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

बैंकका पदाधिकारीहरूमाथि कानुनी मुद्दा दायर भए पनि बैंकको दैनिक कार्य सञ्चालनमा कुनै प्रकारको जटिलता नदेखिएको राष्ट्र बैंकले जनाएको छ । बैंकको तरलताको अवस्था लगायत वित्तीय सबलताका प्रमुख सूचकहरू राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिम सन्तोषजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्र बैंकले यस घटनापश्चात् बैंकको सञ्चालन र व्यवस्थापनलाई नजिकबाट अनुगमन गरिरहेको जानकारी दिएको छ । विद्यमान कानुनी व्यवस्थाको सन्दर्भमा आवश्यक राय र सुझाव लिई यसबारे छलफल भइरहेको समेत राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

राष्ट्र बैंकका अनुसार, मुद्दाको प्रकृति, समयावधि र गम्भीरताका आधारमा थप कानुनी राय लिएर सञ्चालक समिति र उच्च व्यवस्थापनका सम्बन्धमा आवश्यक उपायहरू अवलम्बन गरिनेछ ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ४ : ०० बजे

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने