‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक कार्य सञ्चालनमा कुनै समस्या छैन’   « Khabarhub

‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक कार्य सञ्चालनमा कुनै समस्या छैन’  


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको वित्तीय अवस्था सुरक्षित र सबल रहेको स्पष्ट पारेको छ। 

बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको सन्दर्भमा राष्ट्र बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

बैंकका पदाधिकारीहरूमाथि कानुनी मुद्दा दायर भए पनि बैंकको दैनिक कार्य सञ्चालनमा कुनै प्रकारको जटिलता नदेखिएको राष्ट्र बैंकले जनाएको छ । बैंकको तरलताको अवस्था लगायत वित्तीय सबलताका प्रमुख सूचकहरू राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिम सन्तोषजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्र बैंकले यस घटनापश्चात् बैंकको सञ्चालन र व्यवस्थापनलाई नजिकबाट अनुगमन गरिरहेको जानकारी दिएको छ । विद्यमान कानुनी व्यवस्थाको सन्दर्भमा आवश्यक राय र सुझाव लिई यसबारे छलफल भइरहेको समेत राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

राष्ट्र बैंकका अनुसार, मुद्दाको प्रकृति, समयावधि र गम्भीरताका आधारमा थप कानुनी राय लिएर सञ्चालक समिति र उच्च व्यवस्थापनका सम्बन्धमा आवश्यक उपायहरू अवलम्बन गरिनेछ ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ४ : ०० बजे

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र