रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त « Khabarhub

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोतलाबाङमा पहिरोमा परी सात जनाको मृत्यु र पाँच जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
   
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज जारी गरेको विज्ञप्तिमा बेपत्ताको खोजी तथा घाइतेको उपचार प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गरिएको छ । 
   
प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र निःशुल्क उपचारको व्यवस्था गर्न तथा जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित स्थानान्तरण गर्नका लागि महामन्त्री आचार्यले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएका छन् ।
    
उक्त विज्ञप्तिमार्फत विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन र तीनै तहका सरकारबीच समन्वय गर्न आग्रह गर्दै वर्षाका कारण जोखिम बढेकाले नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन नागरिकलाई अपिल गरिएको छ ।
   
महामन्त्री आचार्यले पार्टी संयन्त्रलाई देशैभर विपद्पूर्वको तयारी र विपद् पछाडिको कार्यमा राज्यका संयन्त्रहरूलाई सघाउन तयार रहन आग्रह गरेका छन् । 
 

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ६ : २९ बजे

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०